
उर्लाबारी, जेठ १४ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठनको नेपाल विद्यार्थी संघ उर्लाबारी नगर कमिटीले पदाधिकारी चयन गरेको छ ।
शनिवार उर्लाबारीमा आयोजित धन्यवाद ज्ञापन तथा शुभकामना आदन प्रदान कार्यक्रमको आयोजना गरी नेविसंघले नगर समिती गठन गरेको हो ।
समितीको सभापतिमा उर्लाबारी बहुमुखी क्याम्पसका विद्यार्थी नेता अर्विन घिमिरे चयन भएका छन् भने सचिवमा कृतिका कार्की चयन भएकी छिन् ।
नेविसंघ नगर समिती सभापति विवेक कार्कीको सभापतित्वमा भएको सो कार्यक्रमले उनिहरुलाई सभापति र सचिवमा चयन गरेको हो । चयन भएका दुवैलाई हिजो नै पदभार हस्तारण गरिएको निर्वमान सभापति कार्कीले बताए ।
मनोनित दुवैलाई नेपाली काग्रेस कोशी प्रदेश सहमहामन्त्री खड्ग फागोले शुभकामना दिदै विद्यार्थी हक हित र शैक्षिक क्षेत्रको सुधारमा कटिबद्ध भएर लाग्न आग्रह गरे ।
पदभार ग्रहण पश्चात सभापति घिमिरेले चाडै नै नगर समितीलाई पुणर्ता दिएर विद्यार्थी अधिकार स्थापित गराउन लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।



