उर्लाबारी, जेठ १५ । मोरङको मिक्लाजुङमा गाउपालिका-६ मा पौडी खेल्न गएका एक बालकको डुवेर मृत्यु भएको छ ।
साथिहरु सग पौडी खेल्न गएका मिक्लाजुङ-६ का पदम राईका ८ वर्षिय छोरा साङकेन राईको मानव निर्मित पोखरीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
मिक्लाजुङ-६ मा रहेको आमझोला सामुदायिक वनभित्र रहेको कालीदह पोखरीमा डुबेर घाइते बनेका बालक राईलाई उद्धार गरी उपचारका लागि मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा उपचारका ल्याईएको थियो ।
उपचारकै क्रममा राई दिउसो मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक बबिन्द्र नेम्वाङले बताए ।
मृतक बालको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ भने घटनाको बारेमा थप अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय