उर्लाबारी, जेठ १८ । “हाम्रो प्रत्येक गोल लागुऔषध विरुद्धको बोल” भन्ने नाराका साथ लागुऔषध विरुद्ध जागरण जगाउने हेतुका साथ फुटवल प्रतियोगिता संचालन हुने भएको छ ।
स्थानिय स्तरमा नयाँ खेलाडी उत्पाद गर्न उर्लाबारीमा १४ वर्ष मुनिको विद्यालय स्तरीय फुटबल प्रतियोगिता गरिने भएको आयोजक उर्लाबारी फुटवल क्वलले जनाएको छ ।
उर्लाबारी नगरपालिकाको सहयोग र उर्लाबारी फुटबल क्लबको आयोजनामा जेठ २१ गतेदेखि सो प्रतियोगिता हुने भएको छ ।
क्लबले बुधबार उर्लाबारी स्थित होटल ग्राण्डमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रतियोगिता बारे जानकारी दिएको हो ।
लागुऔषध विरुद्ध जागरण का साथै नयाँ फुटबल खेलाडी उत्पादन गर्न प्रतियोगिता आयोजना गरिएको क्लब का सदस्य एवं प्रतियोगिता संयोजक बिसाल तामाङले जानकारी दिनु भएको छ ।
प्रतियोगिता पस्चात करिब ३५ जना खेलाडी छनौट गरि २ वर्ष सम्म नियमित प्रशिक्षण प्रदान गर्ने समेत उदेश्य रहेको संयोजक तामाङले जानकारी दिनुभएको छ ।
क्लबका अध्यक्ष दीपेन्द्र धिमालका अनुसार फुटबल खेलाडीको उर्वरभुमि को रूपमा परिचीत उर्लाबारीमा पछिल्लो समयमा उमेर र वैदेशिक रोजगारले गर्दा सुन्य अवस्था आउन लागेकोले नयाँ खेलाडी उत्पादनमा सहायक सिद्धहुने बिश्वास सहित क्लबले विशेष पहल गरि यो प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिता लाई सफल बनाउन उर्लाबारी नगरपालिका ले २ लाख ,यु के मा रहेका उर्लाबारी का अग्रज हरुले ५४ हजार र मालबाँसे ट्रेडले ३१ हजार सहित देश बिदेशमा रहनु भएका उर्लाबारी बासी हरुको सहयोगमा प्रतियोगिता संचालन गरिने र करिब ७ लाख रुपैयाँ लागतको अनुमान गरिएको क्लबका कोषाध्यक्ष कमान फागोले जानकारी दिनु भएको छ । प्रतियोगितामा उर्लाबारी का २५ वटा विद्यालयको सहभागिता रहेको र जेठ २१ गतेदेखि असार ३ गतेसम्म उर्लाबारी -६ स्थित राधिका माबिको खेलमैदानमा हुने क्लबका सचीव घनश्याम भण्डारीले जानकारी दिनुभएको छ । प्रतियोगिताको बिजेताले ५१ हजार नगद ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्ने छ भने उपबिजेताले ३१ हजार नगद ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय