उर्लाबारी, जेठ २५ । पुर्वपश्चिम राजमार्ग स्थित मोरङको उर्लाबारी-३ नया मंगलबारेमा बस र स्कुटर एक अपसमा ठक्कर खादा एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।
विहिबार दिउसो करिव ३ः१० बजे तिर पश्चिमबाट पुर्व गइरहेको मे १ ख ३०३४ नम्वरको बसले विपरित दिशाबाट गइरहेको प्र-१-०१-०१३ प २९० नम्वरको स्कुटरलाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
बसको ठक्करबाट झापाको कमल गाउपालिका वडा नम्वर-२ बस्ने वर्ष ३४ का पवन सुवेदीको घटना स्थलमै मृत्यु भएको हो ।
मृतको शव पोष्टमार्टमका लागि मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टर मंगलबारेमा राखिएको छ भने बसका चालक प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक बबिन्द्र नेम्वाङले बताउनुभयो ।
प्रहरीका अनुसार बसले स्कुटरलाई ठक्कर दिएको स्थानबाट मृतकको शरिर १ सय ३५ फिट पर उछिट्टिएको र मृतक सवार स्कुटरलाई बसले घिसारेर २ सय ९५ फुट पर पुर्‍याएको प्रहरीले जनाएको छ ।
घटनाका बारेमा प्रहरीले अनुसन्धान अगाडी बढाएको छ भने प्रारम्भिक अनुसन्धानका क्रममा तिव्र गतिका कारण बसले स्कुटरलाई ठक्कर दिएको हुन सक्ने प्रहरीले जनाएको छ ।
दुर्घटना पछि चालकको लापरवाहीपुणर् तिव्र प्रतिष्पर्धाका कारण उर्लाबारी-पथरी सडक खण्डमा दुर्घटना बडेको भन्दै स्थानियले ठक्कर दिने बसमा आगजनी गरेका छन् । आगजनी बाट बसमा क्षेती पुगेको छ । बसको आगो उर्लाबारी र पथरीशनिश्चरे नगरपालिकाको दमकलले नियन्त्रणमा लिएका थिए ।
१० दिनको अन्तरालमा उर्लाबारी-पथरी सडक खण्डमा यो दुर्घटना भएको हो । १० दिन अगाडी मोरङको पथरीशनिश्चरे-२ का यज्ञ थापालाई पथरीको जय चौकमा बसले ठक्कर दिदा उनको पनि घटना स्थलमै मृत्यु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय