उर्लाबारी, ५ असार । मोरङको उर्लाबारी नगरपालिका-६ मा रहेको आश्रय मेडिकलहल र डाक्टरको मिलेमत्तोमा ५ महिनाको गर्भ पतन गराएको मृतकका आफन्तले आरोप लगाएका छन् ।
झापाको दमक नगरपालिका-४ बस्ने ४० वर्षिय कल्पना राई (कार्की) को पेटमा रहेको ५ महिनाको हुर्कदै गरेको छोरीकोे औषधी सेवन गरी गर्भपतन गराउन मृतक महिला सग २५ हजार रुपैयाको डिल गरी मेडिकल संचालक सन्तोष घिमिरे र उनले बोलाएकी डाक्टरको सम्लग्नता रहेको मृतका आफन्तको माग रहेको छ ।
अवैध रुपमा औषधी सेवन गराई गर्भपतन गराउदा उच्च रक्तश्राव भएर राईको मृत्यु भएपछि आक्रोशित बनेका मृततका आफन्तले डाक्टरको पनि सम्लग्नता रहेको भन्दै उनि माथी पनि अनुसन्धान हुनुपर्ने माग राखेका छन् ।
उर्लाबारी नगरपालिका-६ बागेश्वरी लाईनमा संचालनमा रहेको आश्रय मेडिकल हलमा गर्भ परिक्षण गराउन आएकी राईको पेटमा ५ महिनाको छोरीको गर्भ रहेको थाहा पाएपछि मेडिकल संचालक र मृतक राईका विचमा गर्भपतन गराउने मौखिक सहमती भएको थियो ।
सहमहितका आधारमा मेडिकल संचालकको सल्लाह बमोजिम उनी गर्भपतन गराउन तयार भएको राई सगै गर्भपरिक्षणमा गएकी स्थानिय महिला होपेनी सोरेनले बताउनुभयो ।
सोरेनले भन्नुभयो-“भाउजु सगै म पनि गर्भ परिक्षणका लागि आएको थिए, आएर चेक गरेपछि भाउजुले बच्चा फाल्ने कुरा गर्नुभयो, त्यसपछि उहाले लेडिज डाक्टर बोलाईदिने कुरा गर्नुभयो र उहाले बोलाईदिएको डाक्टरको सल्लाह अनुसार नै बच्चा फाल्ने काम भएको हो।”
विगत लामो समय देखी उर्लाबारीमा मेडिकल व्यावसाय गर्दै आएका झापाको दमक नगरपालिका-४ बस्ने वर्ष ३९ का सन्तोष घिमिरे सोही प्रकरणमा थुनामा रहेका छन् ।
प्रहरीले घिमिरेलाई अवैध गर्भपतन गराउने कार्य गरेको पिडक पक्षको किटानी जाहेरीका आधारमा पक्राउ गरी ज्यान कसुर मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक बबिन्द्र नेम्वाङले बताउनु भयो ।
राईको मृत्यु प्रकरणलाई लिएर असार ३ गते आईतबार उर्लाबारी-३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा भएको छलफलमा आरोपित घिमिरेले गर्भपतनको सल्लाहका लागि सोही अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ डा. ममता पंडितलाई बोलाएको बताएका थिए।
उनले डाक्टर ममताको नाम लिएपछि मृतकका आफन्तहरुले डाक्टर माथी पनि अनुसन्धान हुनुपर्ने माग राखेका छन् ।

यो पनि पढनु होस 

अवैध गर्भपतनले निम्त्याएको जोखिम, महिलाको मृत्युः मेडिकल संचालक घिमिरे पक्राउ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय