उर्लाबारी, ७ असार । कोशी प्रदेश सरकार मातहत संचालित मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टर पछिल्लो समय विविध कारणले विवादमा आउने गरेको जनगुनासो बढेको छ ।
पुर्वीउत्तरी मोरङकै अग्रणी स्वास्थ्य सस्थाका रुपमा स्थापित यस अस्पतालले मोरङको पुर्वी भागका बेलबारी नगरपालिका, कानेपोखरी गाउपालिका, पथरीशनिश्चरे नगरपालिका, रतुवामाई नगरपालिका, लेटाङ नगरपालिका, मिक्लाजुङ गाउपालिका लगाएत छिमेकी जिल्ला धनकुटा, पाचथर र ईलामका नागरिकहरुलाई सहज स्वास्थ्य सेवा उपलव्ध गराउदै आएको छ ।
ट्रमा सेन्टरका रुपमा विकसित हुदै गरेको यस अस्पतालको स्वास्थ्य सेवा प्रति दिनप्रतिदिन सेवाग्राहीहरुको चाम बढ्दै गएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रबाट विकसित हुदै आएको यस अस्पतालमा पछिल्लो समय स्वास्थ्य विमा कार्यक्रम लागु भए सगै उल्लेख्य मात्रामा सेवाग्राहीहरुको चाप बढ्दै गएको छ ।
अस्पताल प्रति सेवाग्राहीहरुको बढ्दो विश्वासलाई कायम राख्दै अस्पताल व्यावस्थापन समिती, प्रदेश सरकार र स्वयम अस्पताल प्रशासनले अस्पतालमा कार्यरत डाक्टरहरुले कार्यालय समय भन्दा बाहिरको समयलाई निजी क्लिनिकहरुमा दिने सेवालाई अस्पताल मातहत नै निजी स्रोत अर्थात भुक्तान गर्दै (Paying) सेवा थप गरी अस्पतालमै सेवा दिने व्यावस्था मिलाउन सके अस्पतालको बृतिविकासमा टेवा पुग्ने थियो कि भन्ने नया बहस सुरु भएको छ ।
यो वहस आज भोलि हरेक चिया दोकान र शितल ताप्ने चौतारीहरुमा स्थानियहरुले गर्न थालेका छन् हामिले अस्पतालका बारेमा नया बहस सुनेपछि उनिहरुको सामुहिक प्रतिक्रिया लिने कोशीस गर्यौ यसमा उनिहरुको सामुहिक भाव यस्तो रहेको छ-“अस्पतालमा २ दर्जन भन्दा बढी डाक्टरहरुले छन्, अस्पतालमा पहिलेको भन्दा अहिले स्वास्थ्य सेवा राम्रो छ, डाक्टरहरु पनि क्यापेवल छन तर, यहा कार्यरत डाक्टरहरुले निजी क्लिनिकहरुमा सेवा दिइरहेको देखिन्छ, निजी क्लिनिकहरुमा अवैधानिक काम पनि हुने गर्दा रैछन् उनिहरु पनि ति क्लिनिकहरुमा सेवा दिन पुग्छन्, जव उनिहरुको गैह्रकानुनी कार्यको रहस्य खुल्छ तव उनिहरुले यस अस्पतालका डाक्टरहरुको नाम लिएको विभिन्न समाचारमा देख्यौँ डाक्टरको त्यस्ता कार्यमा समलग्नता होला नहोला त्यो सम्वधित निकायले छानविन गर्ला तर, त्यस्ता अवैधानिक काममा यस अस्पतालमा कार्यरत डाक्टरको नाम आउनु अस्पताल र सेवाग्राही कसैका लागि भलोको विषय हैन त्यसैले हामी अस्पताल व्यावस्थापन समिती, प्रदेश सरकार र अस्पताल प्रशासनले यस विषयलाई छलफलको विषय बनाएर अस्पताल भित्रै ओपिडी सेवा बाहेको समयमा अस्पतालमा कार्यरत डाक्टरहरुलाई अस्पताल भित्रै पेईङमा सेवा दिने व्यावस्था मिलाओस भन्न चाहान्छौ।”
यो बहस पछिल्लो समय मोरङको उर्लाबारी-६ मधुमल्ला रोडमा रहेको अश्रय मेडिकलले अवैध गर्भपतन गराउदा एक महिलाको मृत्यु भएको थियो ।
अवैध गर्भपतन गराउन मेडिकलले डाक्टरको सहयोगमा औषधी सेवन गराएको आरोपमा प्रहरीले मेडिकल संचालक सन्तोष घिमिरेलाई नियन्त्रणमा लिएर घटनाको बारेमा अनुसन्धान गरिरहेको छ।
सो मेडिकल हलमा अवैध गर्भपतनको आरोप लागेर प्रहरी हिरासतमा रहेका मेडिकल संचालकले गत असार ३ गते मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरको सभाहलमा छलफको क्रममा गर्भपतन गराउन आएकी महिलालाई डाक्टर भेट्टाईदिने भन्दै यस अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ डाक्टरको नाम लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय