उर्लाबारी, ९ असार । मोरङको उर्लाबारी-६ मधुमल्ला रोडमा रहेको आश्रय मेडिकलहलका संचालक सन्तोष घिमिरे माथी १ दिनको म्याद थप भएको छ ।
घिमिरेले संचालन गरेको मेडिकलहलले झापाको दमक नगरपालिका-४ ताराबारी बस्ने एक ४० वर्षिय महिलाको अवैध गर्भपतन गराएको आरोपमा घिमिरे अहिले प्रहरी कस्डडीमा रहेका छन ।
प्रहरीले यस अघि घिमिरेलाई असार-३ गते आईतबार अवैध गर्भपतन गराउन सामेल भएको किटानी जाहेरीका आधारमा प्रहरीले जिल्ला अदालत मोरङबाट ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको थियो ।
आरोपित घिमिरेको अनुसन्धान प्रक्रिया नटुङगिएका कारण थप अनुसन्धानका लागि १ दिनको म्याद थप गरिएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक बबिन्द्र नेम्वाङले बताए । आरोपित घिमिरेको भोली आईतबार थप बयान लिईने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय