उर्लाबारी, ९ असार । मोरङको उर्लाबारी नगरपालिकाले आगामी आर्थिक वर्ष२०८०/८१ का लागि १ अर्व ३० करोड ४० लाख बराबरको बजेट ल्याएको छ ।
शनिवार आयोजित दशौं नगरसभामा नगरपालिका उप-प्रमुख मिना कुमारी खतिवडा द्वारा जारी बजेट बक्तव्यमा सो कुरा उल्लेख छ ।
नगरसभामा उपप्रमुख मीना खतिवडा पौडेलले नीति, कार्यक्रम तथा बजेट पेश गर्नुभएको थियो ।
खतिवडाले प्रस्तुत गर्नुभएको बजेटमा चालू खर्चतर्फ ५७ करोड ३७ लाख, पुँजीगततर्फ ७३ करोड २ लाख अनुमान गरिएको छ। नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा भएको सभामा प्रदेश सांसद उमाकान्त गौतम र विद्या चाम्लिङको आतिथ्यता रहेको थियो ।
विस्तृत विवरण थाह पाउन दाया पट्टि रहेको बजेट बक्तव्यमा क्लिक गर्नुहोसः- आर्थिक वर्ष २०८०८१ को बजेट बक्तव्य
ADVERTISEMENT