
२७ असार, उर्लाबारी । नेपाली कांग्रेस कोशी प्रदेशका सह-महामन्त्री खड्ग फागोको नेतृत्वमा संखुवासभाका बाढी र पहिलो पीडितहरुलाई १ लाख ५ हजार ५ सय रुपैयाँ सहयोग गरिएको छ ।
गत असार २ गते राति परेको अविरल वर्षाका कारण संखुवासभा जिल्लाको पाचखपन नगरपालिका र चैनपुर नगरपालिकाको बिभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी २७ जनाको मृत्यु भएको थियो । २७ मध्ये २२ जना हेवा खोला जलविधुत आयोजनामा काम गर्ने श्रमिक रहेका थिए भने ५ जना स्थानिय रहेको बताईएको छ ।
शनिबार राति करिव साढे ९ बजेको समयमा आएको हेवा खोला र सभाखोलामा आएको बाढीका कारण केही परिवार विस्थापित हुनुका साथै निर्माण सामाग्री बोकेर हिड्ने टिफर लगात स्थानियको घर समेत बाढी सगै बगेर आएको लेदोले पुरीदा केही मानिसहरु अझै सम्म पनि हराई रहेको पाचखपन नगरपालिकाका मेयर विपिन राईले बताउनुभयो ।
राईले भन्नुभयो-“संखुवासभामा यो भिषण प्राकृतिक विपत्ती १० वर्ष यताकै ठुलो विपत्ती हो, विपत्तीका ठुलोधनको क्षति भयो, विपत्तको यो घडिमा आपतमा परेका जनतालाई राहत दिन स्थानिय सघसस्था उदासिन बनिरहेका बेला सहमहामन्त्री फागोको नेतृत्वमा आएको टिममले सवैलाई सहयोग गर्ने प्रेरणा थप्नेमा आशावादी छु ।”
असारको सुरुवात सगै आएको बाढीपहिरोमा परी सभाखोला हुदै चैनपुर बाजार जोडन्े सडकका विभिन्न स्थानमा पुलहरु बगेका छन् भने खोला किनारमा रहेका घर र पार्क गरी राखिएका सवारी साधन समेत खोलामै डुविरहेको देखिन्छ ।
बाढी र पहिरोका कारण पिडामा परेका केही परिवारका सदस्यहरु हराई रहेका छन् भने विपत्तीले पिडामा परेका परिवारको समेत पुर्नस्थापना हुन नसकेको खादबारी नगरपालिकाका मेयर महेश थपलियाले बताउनु भयो ।
थपलियाले भन्नुभयो-“छिमेकी पालिकामा आएको विपतले स्थानियहरुको मृत्यु हुनुका साथै घरखेत पहिरोले बगाउदा उठिवास लागेको छ, तर यस जिल्लामा रहेका सरकारी संघसस्था र गैह्रसरकारी संघसस्थाले तत्कालिन रुपमा उद्धारमा सहयोग गरेपनि राहत वितरणमा उदासिनता देखाएका कारण पिडीतहरु झनै पिडित बनीरहेका छन, उनिहरुको दुखेको घाउमा मलम लगाउने हेतुले फागोको उपस्थिती हाम्रा लागि उदाहरणीय बनेको छ ।”
फागोको नेतृत्वमा गएको टिमले नेपाली कांग्रेस जिल्ला समिति संखुवासभालाई राहत रकम हस्तान्तरण गरिएको हो ।




आपत विपत र संकटमा नेपाली काग्रेस सदैव जनताको साथमै रहेको बताउदै फागोले भन्नुभयो- विपतको बेला सबैले सहयोग गर्रौँ आज यस क्षेत्रमा बिपत्ती आईलागेको छ अन्य दिन अन्य क्षेत्रमा पनि आईलग्न सक्छ दुखको क्षणमा सवै एकजुट बनौ, आफ्नो क्षमताले भ्यासम्म सहगोग गरौँ।”
संखुवासभा जिल्लाको सदरमुकाम खादबारीमा भएको एक कार्यक्रमका बीच सह-महामन्त्री फागोले नेपाली कांग्रेस जिल्ला समिति संखुवासभालाई सो रकम हस्तान्तरण गर्नुभएको नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ (१) का उपसभापति एवम राहत रकम संकलन कार्यक्रमका सयोजक लोलिम पोमुले जानकारी दिनुभयो ।
पोमुका अनुसार कांग्रेस संखुवासभाले केही दिनमा जिल्ला विपत व्यवस्थापन समितिमार्फत पीडित परिवारलाई राहत प्रदान गर्नेछ । सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस उर्लाबारीका नगर सभापति सुरेन्द्र लिम्बूलगायतको उपस्थति रहेको थियो ।
यस्तै सो क्षेत्रमा आएको प्राकृतिक विपत्तीमा परी परिवारका सदस्य गुमाएका र घारबार विहिन भएका मानिसहरुलाई राहत प्रदान गर्ने हेतुले उर्लाबारीमा रहेका नेपाली काग्रेसमा आवद्ध खड्ग फागो, आनन्द फागो, लोलिम पोमु, सुरेन्द्र लिम्वु, बद्रीप्रसाद खरेल, सोम तिम्सिना, बिमल थापा, चिन्तामणी पौडेल, माधव घिमिरे, दिपक भट्टराई, टंक राई, कुमार कार्की, पुणर् सिंहक लिम्वु, तुलबहादुर थापा, बबी निरौला र बेचन यादवबाट रकम संकलन गरी सहयोग हस्तारण गरीएको आर्थिक संयोजक दिपक भट्टराईले बताउनुभयो ।