
उर्लाबारी, १७ साउन । उज्यालो उर्लाबारी अभियान अन्र्तगत सडकमा जोडिएका बत्तिहरु ठाउठाउमा विग्रिन थालेका छन् ।
उज्यालो उर्लाबारी अभियान अन्र्तगत अघिल्लो स्थानिय सरकारको पालामा जोडिएका पुर्वपश्चिम राजमार्गका सडक बत्तीहरु विग्रीएका छन् ।
रातको समयमा हिडडुलमा सहजता ल्याउने अभिप्रायका साथ पुर्वपश्चिम सडकमा जोडिएका सडक बत्तिहरु बल्न छाडेका छन् ।
उर्लाबारी नगरपालिकाको मावा खोला देखी सुनझोडा खोला सम्म जोडिएका सडक बत्ती कतै भाचिएर तुरुलुङ्ग झुण्डिएका छन् भने कतै पोल मात्रै छन् बत्ति भने छैनन् ।
स्थानियको सहजताका लागि जोडिएका सडक बत्तिहरु महिनौ देखी विग्रेका भएपनि स्थानिय नगरपालिकाले ध्यान नदिएको स्थानियले बताए ।