उर्लाबारी, २५ साउन । मोरङको उर्लाबारी-२ मा साउन २८ गते देखी भदौ ५ गते सम्म दादुरा-रुवेला खोप अभियान संचालन हुने भएको छ ।
६ महिना देखी १५ वर्ष उमेर समुहका बालबालिकालाई दादुरा रोगबाट बचाउनका लागि खोप कार्यक्रमलाई अभियानाका रुपमा सचालन गर्न लागिएको वडाध्यक्ष कुमार कडेलले बताउनु भयो ।
बालबालिकालाई खोप अभियान साउन २८ गते सुनझोडा मावी, २९ गते ब्रिलियन्ट बोर्डिङ स्कुलको प्राङगण, ३० गते शान्ति मावी भुसी, ३१ गते सरस्वती आधारभुत विद्यालय सिरुझार, ३२ गते सुनपकुवा मावी र भदौ १ गते आधारभुत स्वास्थ्य केन्द्र कटहरेमा खोप केन्द्र स्थापना गरी अभियान संचालन गर्न लागिएको हो ।
उर्लाबारी-२ मा दादुरा-रुवेला रोग विरुद्धको खोप लगाउने लक्षित संख्या २ हजार १ सय ५० बालबालिका रहेको आधारभुत स्वास्थ्य केन्द्रकी प्रमुख निभा श्रेष्ठले बताउनु भयो ।
खोप अभियानमा सवै बालबालिकाको सहभागिता जनाउन आज वडाले वडामा रहेका सामुदायिक विद्यालयका प्रतिनिधी शिक्षक, स्वास्थ्य स्वयमसेविका, सरोकार वाला निकाएका प्रतिनिधी र अभिभावकहरुलाई बोलाएर छलफल गराएको श्रेष्ठले जानकारी दिनुभयो ।
खोप अभियान प्रत्येक खोप केन्द्रमा विहान ११ वजे देखी दिउसो ४ बजे सम्म सचालन हुने भएको छ ।