पथरी, १ भदौ । मोरङको पथरीशनिश्चरेमा दशै पछि चौथो सस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ ।
स्थानिय स्तरका क्रिकेट खेलाडीलाई खेलको माध्यमबाट विकास गराउदै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगितामा सहभागिता जनाउने लक्ष्यका साथ प्रतियोगिता संचालन गराउदै आएको पिएस पिएल समितीले चौथो सस्करणको प्रतियोगिता संचालन गराउन लागेको हो ।
लिग आयोजक समितीले प्रतियोगिता संचालनबारे जानकारी दिदै दशै पछिको समयमा क्रिकेट लिग प्रतियोगिता संचालन गर्न लागेको जानकारी दिएको हो ।
तिन संस्करणको लिग आयोजना भइसकेको छ । यो संस्करणमा ७ क्लवले प्रतिष्पर्धा गर्ने आयोजकका अध्यक्ष विरोज मगरले जानकारी दिए ।
नियमित प्रतिष्पर्धा गर्दै आएका मंगलवारे लिजेण्ड र हिसाब किताब टाइडेन्सले यस संस्करणमा सहभागी नहुने जानकारी दिएपछि नयाँ टोलीका रुपमा गार्खा जिलेण्डले चौथो संस्करणमा सहभागी जनाउन लागेको हो ।
पथरीशनिश्चरे भित्रका खेलाडीलाई मात्रै सहभागी गराउदै आएको प्रतियोगीताको चौथो संस्करण बाट कोशी प्रदेशका चार खेलाडीलाई क्लबले अनुवन्धन गर्न पाउने भएको छ ।
‘बाहिरका खेलाडी पनि सहभागी गराएर प्रतियोगीताको स्तरवृद्धि गर्न लागेका छौ’ अध्यक्ष मगरले भने ‘यस पटक बाट प्रतियोगीताको प्रचार थप हुन्छ भन्ने विश्वास लिएका छौ’ । यस पटक अगाडीका प्रतियोगीतामा जस्तै अक्सन गरिने र अक्सन बाट क्लबले खेलाडी खरिद गर्ने छन् । भाद्र २२ सम्म खेलाडी दर्ताको लागी समय सिमा निर्धारण गरिएको र त्यसको केहि दिनमा अक्सन गरिने छ । यस पटक प्रत्येक क्लबले २ जना मात्रै खेलाडी ‘रिर्टन’गर्न पाउने र अन्य खेलाडी अक्सन मार्फत खरिद गर्न पाउने छन् ।
एक टिमले अक्सनमा कम्तीमा १४ खेलाडी खरिद गर्न सक्ने आयोजकका सचिव राकेश राईले जानकारी दिए ।
पहिलो संस्करणको विजेता रोयल किङ्ग, दोश्रो र तेश्रो संस्करणको विजेता सात वाघ संगै आइतबारे अस्त्र, विरेन्द्रनगर स्टिल टाइगर,बुद्ध युनाइटेड,क्लासिक एलाभेन हसन्दह र नव प्रवेशी गोर्खा लिजेण्डले प्रतियोगितामा सहभागीता जनाउन लागेका हुन् ।
पथरीको जाते मोडमा रहेको पथरी रंगशाला र जिरिखिम्ती मैदानमा प्रतियोगीताका खेलहरु हुनेछन् । आयोजकका अनुसार यस पटकको प्रतियोगीतामा सहभागी जनाउन विगतका वर्ष भन्दा धेरैले फारम भरेका छन् ।
ADVERTISEMENT