उर्लाबारी, २ भदौ । पुर्व पश्चिम राजमार्ग स्थित उर्लाबारी-पथरी सडक खण्डको मंगलबारेमा सवारी दुर्घटनामा परी एक मोटरसाईकल चालकको मृत्यु भएको छ ।
पश्चिमबाट पुर्व गइरहेको तिव्र गतिको मे १ ख २४२३ नम्बरको बसले रोड किनारमा यात्रु चढाउन एक्कासी बे्रक लगाउदा सोही दिशाबाट आईरहेको को १३ प ६१३० नम्बरको मोटरसाइकल बसको पछाडीको भागमा एक्कासी ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना स्थलमा रहेका प्रतक्ष्यदर्शी किरण श्रेष्ठका अनुसार तिव्र गतिमा रहेको रातो रंगको डल्फीन यातायात नामक बसले अक्सत्मात ब्रेक लगाएर यात्रु चढाउने हुदा मोटरसाईकल अनियन्त्रित भएर बसमा ठोक्किएको प्रतक्ष्यदर्शी किरण श्रेष्ठले बताए ।
बसमा ठक्कर लागेर गम्भिर घाईते भएका झापाको कमल गाउपालिका-३ का गोपालप्रसाद पौडेललाई तत्काल उद्धार गरी उर्लाबारी-३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा लगेतापनि उनको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु भएका पौडेलका आफन्त र स्थानियले प्रहरीले मृतको आफन्तको रोदन भन्दा पनि गाडी व्यावसायीको पक्ष लिएको भन्दै शनिवार विहान देखी पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए ।
मृतकको परिवारको उचित राहतको क्षतिपुर्तिको माग गर्दै सडक अवरुद्ध गर्न उर्लाबारी आईपुगेका मृतकका आफन्त र नेपाल प्रहरी विच आईतबार मेची बस यातायात सघका पदाधिकारी सग छलफल गर्ने सहमति भएपछि सडक अवरोध हटेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । सहमति पश्चात पोष्टमार्टमका लागि मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा राखिएको शव आफनतले बुझेको प्रहरीले जनाएको छ ।
ADVERTISEMENT