उर्लाबारी, ३ भदौ । मोरङको उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाले पालिकाको नौ वटै वडामा आगामी ४ वर्ष भित्रमा खानेपानी सेवा विस्तार गरिसक्ने जनाएको छ ।
उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले आगामी चार वर्षभित्रमा पालिका भित्र र पालिका सग जोडिएका रतुवामाई नगरपालिका, दमक नगरपालिका र मिक्लाजुङ गाउपालिकाको केही भुभागमा बसोबास गर्ने केही नागरिक र किरायमा बसोवास गर्नेहरुलाई समेत समेटेर लगभग एक लाख २० हजार जनसङख्यामा सेवा पुग्ने गरी खानेपानी विस्तारको कामलाई तीब्र रुपमा अगाडी बढाई रहेको सस्थानका अध्यक्ष चिन्तामणी पोडेलले बताउनुभयो ।
पौडेलले भन्नुभयो-‘नेपाल सरकारले सन् २०३० सम्म सबै नेपालीलाई शुद्ध खानेपानी उपलब्ध गराउने योजना बनाएको छ सोही अनुरुप हामीले खानेपानी विस्तारको कामलाई तिव्रताका साथ अगाडी बढाई रहेका छौ, हाम्रो यही रफतारले काम अगाडी बढीरहे निर्धारित समय भन्दा अगाडी नै अर्थात सन् २०२७ मै सबै उर्लाबारीबासीलाई खानेपानी वितरण गर्ने लक्ष्य हाम्रो लक्ष्य पुरा हुने छ।’
अहिले उर्लाबारी-६ मा रहेका दुई वटा, वडा नंं १ को पिपलडाँगी, वडा नंं ८ को अठियाबारी र उर्लाबारी ३ को मंगलबारेमा रहेका ट्याङ्कीबाट ७ हजार २ सय ६८ धारामार्फत शुद्ध पानी वितरण गरिँदै आएको संस्थाका कार्यालय प्रमुख राजु बुढाथोकीले बताउनु भयो ।संस्थाले हालसम्म ३६८ किलोमिटर पाइपलाइन बिस्तार गर्दै उर्लाबारीका सबै वडाका साथै दमक १०, रतुवामाई १०, पथरीशनिश्चरे ५ का केही भागमा समेत पानी वितरण गर्दै आएको छ । उर्लाबारीको वडा नं. १, २ का अधिकांश भाग र वडा नंं. ८ र ९ का केही भागमा पाइपलाइन बिस्तार गर्न बाँकी रहेको कार्यालय प्रमुख बुढाथोकीको भनाई छ ।
चालु आर्थिक वर्षमा १ सय किलोमिटर पाइपलाइन बिस्तार गरी २ हजार धारा जडान गर्ने लक्ष्य रहेको संस्थाले जनाएको छ । साथै, २३ लाख ९१ हजार युनिट पानी उत्पादन गरी २० लाख युनिट वितरण गर्ने लक्ष्य लिएको जनाईएको छ ।
संस्थामा बिगत वर्षदेखि नै बृहत सहलगानी अन्तर्गत ३५ करोडको योजना सञ्चालनमा छ । यसको लागत रकममध्ये ७० प्रतिशत नेपाल सरकार र ३० प्रतिशत उपभोक्तामार्फत व्यहोरिएको छ ।
यस्तै, वडा नं. १ र २ मा खानेपानी विस्तारका लागि योजना परेको र डिपिआर निर्माणको कार्य भइरहेको कार्यालयले जनाएको छ । यो योजना अनुसार वडा नं. २ मा खानेपानी ट्याङ्की निर्माण गर्ने र वडा नं. १ र २ मा पाइपलाइन बिस्तार हुने भएको छ ।
चालु आर्थिक वर्षबाट नै यो योजना सुरु हुने अपेक्षा गरिएको छ । संस्थाको कार्यक्षेत्रमा रहेका १९ हजार ५ सय ८९ घरधुरीका १ लाख ५ हजार ७८४ जनसंख्यामध्ये हाल ६१ हजार १४ उपभोक्तालाई शुद्ध पानी खुवाउन सफल भएको उनले बताए ।
हाल पाँच वटा ट्याङ्की सञ्चालनमा रहेका छन् । वडा नं. १ को लक्ष्मीझार, वडा नं. २ को गुरु गोरक्षनाथ र वडा नं. ९ दुर्गापुरीमा निर्माण भएका ट्याङ्की नगरपालिकामार्फत गत साउन १ गतेदेखि उर्लाबारी खानेपानीले जिम्मा लिएको छ भने उर्लाबारी-९ मा थप एउटा ट्याङ्की निर्माण भइरहेको छ ।
वडा नं. २ मा थप एक ट्याङ्की निर्माणका लागि डिपिआरको काम भइरहेको छ । यी सबै गरेर १० वटा ट्याङ्कीबाट सम्पूणर् उर्लाबारीबासीलाई शुद्ध खानेपानी वितरण गर्ने लक्ष्यका साथ संस्था अघि बढेको सस्थानले जनाएको छ । १० वटै ट्याङ्की निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि सबै उर्लाबारीबासीले शुद्ध खानेपानी पिउन पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय