पथरीशनिश्चरे, ५ भदौ । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १० पशुपति नगर टोलमा वर्षाका कारण क्षेति पुगेको स्थानमा तटबन्धन थालिएको छ ।
स्थानिय डाँस खोलाले पुर्‍याएको क्षतिको नगर प्रमुख मोहन प्रसाद तुम्वापोले अनुगमन गरी सो क्षेत्रमा तुरुन्त पाइलिङ र बोरा लगाएर तटबन्धन गर्न निर्देशन दिनुभएको हो ।
सोमबार परेको वर्षाले पशुपति नगर टोल क्षेत्रमा बाढी पस्ने प्रवल संभावना देखिएपछि प्रमुख तुम्वापोले आज विहान सो क्षेत्रको अनुगमन गर्नुभएको हो ।
सो अनुगमनमा नगरका प्रमुख प्रशासकीय अधिकृत शशी राई, वडाध्यक्ष जीवन खतिवडा, कार्यपालिका सदस्य मिना तामाङ लगायतको उपस्थिति रहेको थियो ।
सो क्षेत्रमा जनप्रतिनिधि र प्राविधिक देवकृष्ण यादवको अगुवाईमा तटबन्धन कार्य सुरु भइसकेको छ । सो कार्य सम्पन्न गर्न पशुपति नगर टोलवासीहरु पनि जुटिसकेको वडाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय