उर्लाबारी, ७ भदौ । मोरङको उर्लाबारी नगरपालिका-३ मगलबारे ठेगाना बताउने एक युवा मोरङको बेलबारीमा घाईते अवस्थामा फेला परेका छन् ।
बेलबारीमा घाईते अवस्थामा भेटिएकका ति युवाले आफ्नो नाम प्रकाश थापा रहेको र घर उर्लाबारी-३ मंगलबारे रहेको प्रहरीलाई बताएको बेलबारी प्रहरीले जनाएको छ ।
अन्दाजी २८ वर्षिय थापा भदौ ६ गते रातको समयमा घाईते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घाईते थापाको तत्काल उद्धार गरी स्थानिय अस्पताल पुर्याएको थियो, त्यहा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको प्रहरीले जनाएको छ ।
घाईते थापाको हाल कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने उनका अभिभावक पनि सम्पर्कमा आएको मगलबारे प्रहरी चौकीका ईन्चार्ज हेम नारायण यादवले बताए ।
घाईते थापाको शरिरको बिभिन्न भागमा स्क््रयाच हुुनुका साथै लछारपछार पार्दै घिसारेको जस्तो देखिएको प्रहरीले जनाएको छ ।
ADVERTISEMENT