पथरी, ८ भदौ । मोरङको पथरीशनिश्चरे—१ मा रहेको पञ्चायन माविले ४५ औं बार्षिक उत्सवको अवसरमा विद्यालय क्षेत्रमा मदिरा र सुर्तिजन्य बस्तु विक्री नगर्न/नगराउन अनुरोध गर्दै शुक्रबार जनचेतना र्याली निकालेको छ ।
अवसारमा आयोजित प्रभात फेरि कार्यक्रमको आयोजना गरी कुलतमा नफसौ, मदिरामा नफसौ लगायतको नारा जुलुससहित पथरी बजार परिक्रमा गरेका छन् ।
पछिल्लो समयमा पथरीशनिश्चरे नगर क्षेत्रमा पनि लागू औषध प्रयोग कर्ताको संख्या बढीरहेका बेला विद्यालयले यस्तो अभियान चलाएको जनाएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज बास्कोटा र प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्रदेश सरकारबाट नमुना घोषित पञ्चायत माविमा १ सय १७ जना शिक्षक कर्मचारी रहेका छन् । कक्षा ११, १२ मा ८ वटा संकायमा पढाइहुने विद्यालयमा करिव ३ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् ।
गत भदौ ६ गते पञ्चायत मावि स्थापना भएको ४५ बर्ष पुरा गरेको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरीएको विद्यालयले जनाएको छ ।
ADVERTISEMENT