उर्लाबारी, १८ भदौ । मोरङको उर्लाबारीमा आगामी असोज ३ गते छैटौँ उर्लाबारी रन आयोजना गरिएको छ ।
सामुदायिक विकास मञ्च उर्लाबारीले संविधान दिवसको अवसरमा वर्षेनि दौड प्रतियोगिता आयोजना गर्दै आएको छ ।
आज मञ्चले पत्रकार सम्मेलन गरी प्रतियोगिताका बारेमा जानकारी गराएको छ । यस वर्ष विभिन्न स्थानका १५ सय जना रनरलेसहभागिता जनाउने अपेक्षा गरिएको संस्थाका अध्यक्ष प्रेम बोहोराले जानकारी दिए । ‘स्वास्थ्यका लागि दौड’ भन्ने मूल नाराका साथआयोजना गरिएको प्रतियोगिताको खुलातर्फ पुरुष महिला दुवैतर्फ विजेताले ३०÷३० हजार, दोस्रोले १५÷१५ हजार र तेस्रो हुनेले १०÷१०हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने उनले बताए । यस्तै भेट्रानतर्फ महिला पुरुष दुवैतर्फ विजेताले १०÷१० हजार, दोस्रोले ७÷७ हजार, तेस्रोले ५÷५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । खुला र भेट्रानतर्फ १० किलोमिटर दुरीको दौड हुने आयोजकले जनाएको छ ।
यस्तै, १६ वर्षमुनिका बालबालिकाबिच ५ किलोमिटर दौड प्रतियोगिता गरिने भएको छ । जसमा महिला पुरुष दुवैतर्फ प्रथमले ५÷५हजार, दोस्रोले ३÷३ हजार, तेस्रोले २÷२ हजार र चौंथोले १÷१ हजार तथा १२ वर्षमुनिका बालबालिकाबीच हुने साढे तीन किलोमिटरदौडमा बालक, बालिका दुवैतर्फ प्रथम हुनेले ४÷४ हजार, दोस्रोले ३÷३ हजार, तेस्रोले २÷२ हजार र चौंथोले १÷१ हजार पुरस्कारकासाथै सबै पुरस्कृतलाई मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष बोहोराले बताए ।
प्रतियोगिता सम्पन्न गर्न १३ लाख ६८ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको बताउँदै उनले प्रायोजक र सहप्रायोजकको खोजीभइरहेको बताए । दौड प्रतियोगिताको प्रचार प्रसारको कार्यलाई तीब्र पारिएको र राष्ट्रिय धावकहरुको समेत सहभागिता हुने आयोजकसमितिले जनाएको छ । सामुदायिक विकास मञ्चले २०७४ सालदेखि वर्षेनि उर्लाबारीमा दौड प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।