सुन्दरहरैंचा २६ भदौ मोरङको सुन्दरहरैचामा आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाईपक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका आइतबारे बस्ने ४८ वर्षीय साइला भन्ने जितबहादुर तामाङ रहेका छन्। उनलाई मंगलबारदिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको तामाङले ती बालिकालाई भदौ १७ गते बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीकोआधारमा प्रहरी चौकी गछियामा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय