उर्लाबारी , असोज उर्लाबारी रन २०८० को उपाधि पुरुषतर्फ गोरखाका सञ्जय श्रेष्ठ जुम्लाकी पूर्णलक्ष्मी न्यौपानेले जित्नुभएको
संविधान दिवसको अवसरमा सामुदायिक विकास मञ्च उर्लाबारी ले आयोजना गरेको १० किलोमिटर उर्लाबारी रनमा पुरुषतर्फ श्रेष्ठ महिलातर्फ न्यौपानेले उपाधि जित्नुभएको हो पुरुषतर्फ श्रेष्ठले निर्धारित दुरी ३१ मिनेट ५४ सेकेण्डमा पार गर्नुभएको थियो यस्तै, पुरुषतर्फ दोस्रो काठमाडौंका शिबहादुर रायमाझीले ३३ मिनेट १० सेकेण्ड तेस्रो सुदुरपश्चिमका मोहनदेव जोशी ३३ मिनेट ५५सेकेण्डमा पार गर्नुभएको थियो

महिलातर्फ प्रथम हुनुभएकी न्यौपानेले ४० मिनेट ३९ सेकेण्डमा पूरा गर्नुभएको भने दोस्रो तरहराकी सचिना राईले ४६ मिनेट १० सेकेण्ड तेस्रो धरानकी छिङ्विमाया राईले ४७ मिनेट सेकेण्डमा पार गर्नुभयो पुरुष महिला खुलातर्फ प्रथम, दोस्रो तेस्रो क्रमशः ३० हजार, १५ हजार १० हजारसहित मेडल प्रमाणपत्र प्रदान गरिएको बिजेता दुबै बिभागिए टिम   आर्मिका हुन
यस्तै, भेट्रान पुरुषतर्फ अर्जुनधाराका जयनरेश सिंह प्रथम, धरानका धनकुमार राई दोस्रो उर्लाबारीका हेमन्त लावती हुनुभयो भेट्रानमहिलातर्फ धरानकी जमुना लिम्बू प्रथम, उर्लाबारीकी चेतनु रार्ई दोस्रो उर्लाबारीकै मञ्जु लिम्बू तेस्रो हुनुभयो पुरुष महिला भेट्रानदुबैतर्फ प्रथम, दोस्रो तेस्रोले क्रमशः १० हजार, हजार हजाररुपैयाँसहित मेडल प्रमाणपत्र वितरण गरियो

यसैगरी, १६ वर्षमुनिका बालबालिकातर्फ किलोमिटर दौडमा बालिकातर्फ भोजपुरकी विनिता राई प्रथम, उर्लाबारीकी पियुस राईदोस्रो, धरानकी सेहाङ राई तेस्रो उर्लाबारीकी विनिता तामाङ चौंथो हुनुभयो बालकतर्फ भने उजुरी परेकाले एक साताभित्र विजेताकोटुंगो लगाइने भएको बालिकातर्फ विजेताहरुले क्रमशः हजार, हजार, हजार, हजार हजार रुपैयाँसहित मेडल प्रमाणपत्र प्राप्त गर्नुभयो
त्यस्तै, १२ वर्षमुनिका बालबालिकातर्फ साढे किलोमिटर दौडमा बालिकातर्फ भोजपुरकी जुडी राई प्रथम, भोजपुरकै रस्मी राई दोस्रो, उर्लाबारीकी मिस्यु धिमाल तेस्रो उर्लाबारीकी मिना मुर्मु चौंथो हुनुभयो बालकतर्फ भने यसमा पनि उजुरी परेकाले उपाधिकोछिनोफानो नलागेको आयोजक समितिका संयोजक घनेन्द्रप्रसाद दुलालले पूर्वी कमाण्ड मिडियालाई जानकारी दिनुभयो बालिकातर्फविजेताहरुले क्रमशः हजार, हजार, हजार हजार रुपैयाँसहित मेडल प्रमाणपत्र प्राप्त गर्नुभयो विजेताहरुलाई कार्यक्रमकाप्रमुख अतिथि उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मिना खतिवडा पौडेल, राजनीतिक दलका स्थानीयप्रमुखहरुले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो उर्लाबारी रनलाई सफल बनाउन सहयोग पु¥याउने सबैलाई आयोजकसामुदायिक विकास मञ्चका अध्यक्ष प्रेम बोहोराले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रम संयोजक घनेन्द्रप्रसाद दुलालकोसभापतित्वमा भएको उक्त कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख खरेल, उपप्रमुख खतिवडा, उर्लाबारी वडा नं. का वडाध्यक्षचिन्तामणि पौडेल, नेपाली कांग्रेस उर्लाबारीका सभापति सुरेन्द्र लिम्बू, सिद्धार्थ एग्रिगेट प्रा.लि.का अध्यक्ष सचिन शाक्य, स्वास्थ्यकर्मीबालचन्द्र सुब्बालगायतले बोल्नुभएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय