उर्लाबारी, ६ असोज । मोरङको उर्लाबारीमा रहेको उर्लाबारी खानेपानी तथा सरसफाई सस्थाकोे २१ औ साधरण सभा सम्पन्न भएको छ ।
उर्लाबारी स्थित सगरमाथा साकोसको सभाहलमा भएको कार्यक्रममा खानेपानी सस्थाले उर्लाबारीका ९ वटै वडामा खानेपानी विस्तार गर्ने जनाएको छ ।
उर्लाबारीका सवै वडामा खानेपानीको विस्तार गर्ने योजना अनुरुप हाल सम्म उर्लाबारीका वडा नम्वर १ देखी ९ सम्मका विभिन्न स्थानमा ११२.११६ किलोमिटर पाईपलाईन विस्तार गरिएको थियो । सोही कार्यलाई निरन्तरता दिदै आर्थिक वर्ष २०७९/८० को अनत्य सम्ममा ३६८.००२ किलोमिटर पाईप विस्तार गरिएको सस्थाले जनाएको छ ।
उर्लाबारीको पछिल्लो समयको बढ्दो जनघनत्वलाई मध्यनजर गर्दै खानेपानीमा सवैको सहज पुर्‍याउने लक्ष्यका सालबारी लक्ष्मीझार खानेपानी आयोजना अन्र्तगत बिस्तृत सर्भे गरी आर्थिक वर्ष २०८०/८१ भित्रै खानेपानी विस्तारको कामलाई अगाडी बढाउने लक्ष्य सस्थाले लिएको छ ।
यस्तै बृहत उर्लाबारी सहलगानी खानेपानी तथा सरसफाई आयोजना अन्र्तगत सस्थाले यसै आर्थिक वर्ष भित्रमा थप २ हजार धारा जडान गरी २२ लाख ८८ हजार ६ सय ४६ युनिट पानी विक्री गर्ने सस्थाले लक्ष्य लिएको छ ।
यस्तै गरिवीको रेखामा रहेका आम सर्वसाधरणमा खानेपानीको सहज पुर्‍याउन सस्थाले विपन्न वर्गलाई उर्लाबारी नगरपालिकाको नगरपालिकाको सिफारिसमा धारा जडान रकममा सस्थाले १० प्रतिशत छुट दिने व्यावस्था गरेको सस्थाका सचिव मेघराज श्रीपालीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलको प्रमुख आथिथ्यतामा भएको कार्यक्रममा सस्थाले आर्थिक वर्ष २०७९/८० मा अनुमानित ३ करोड ६३ लाख ५० हजार रुपैया आम्दानी र ३ करोड ५० लाख ९८ हजार ३ सय ४२ रुपैया खर्च भएको आर्थिक प्रतिवेदन प्रस्तुत गरेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिती खरेलले उर्लाबारीका सवै नागरिकलाई खानेपानीको सहज उपलब्धताका लागि स्थानिय सरकारले सहयोग गर्ने बताउनुभयो ।
नेपाल सरकारको सन २०३० सम्ममा सवै नेपालीको घरमा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्य राखेको छ ।
सरकारले राखेको लक्ष्यलाई पुरा गर्ने अठोटका साथ उर्लाबारी खानेपानी सस्थाले पालिकाका सवै वडामा स्वच्छ खानेपानी विस्तारको कामलाई दु्रत गतिमा अगाडी बढाएको सस्थाका अध्यक्ष चिन्तामणी पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय