उर्लाबारी, ७ असोज । मोरङको उर्लाबारी नगरपालिका वडा नम्वर ३ र २ मा बन्ने चार लेन सडकको आइतबार शिलान्यस भएको छ ।
विश्वबैकको सहयोगमा बन्न लागेको आधुनिक सडकको शिलान्यास आज उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले गर्नुभएको हो ।
उर्लाबारी ३ को कृष्णचौक देखी उर्लाबारी २ को सुनझोडा सामुदायिक वनको कार्यालय सम्म बन्न लागेको ५ किलोमिटर अर्थात २ सय ७६ मिटर लामो सडक बन्न लागेको हो ।
विश्वबैकको सहयोगमा बन्न लागेको यो सडक आधुनिक प्रविधिको अस्फाल्ट कंक्रिट प्रविधीको निर्माण हुने नगरपालिकाले जनाएको छ ।
उर्लाबारीकै गौरवको सडकका रुपमा हेरीएको यो सडकको चौडाई ७ मिटरको रहने छ । सडकको दुवै पट्टि १.२ मिटरको साईकल लेन डे्रन र फुटपाथ १.८ मिटर टीक डे्रन ०.२५ मिटर र सडकको सव वेस २ सय ८० मिमी र सडको बेस १ सय ५० मी.मी को रहने उर्लाबारी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत अर्जुन निरौलाले बताउनुभयो ।
पुर्वपश्चिम राजमार्ग सगै जोडिएर सुरु हुने यो सडकमा २ वटा बक्स कल्र्भट ११ वटा पाईप कल्र्भट, मुख्य सडकमा ४० वटा जेब्रा क्रसिङ, साईड सडकमा १८ स्थानमा जेब्रा त्रसिङ रहने छन ।
यस्तै सडकको दुवैतर्फ प्रत्येक २० मिटरको फरकमा ५० वाटका ५ सय २६ वटा सडक बत्ति जडान हुने छन । सडकलाई हरियाली र सुन्दर बनाउनका लागि सडकको दुबैतर्फ १०/१० मिटरको फरकमा १ हजार ४७ वटा विभिन्न प्रजातिका बोटविरुवा रोपिने उर्लाबारी नगरपालिकाले जनाएको छ ।
उर्लाबारी पालिकाकै पर्यटकिय बडाका रुपमा रहेको २ नम्वर वडामा हाल सम्म एउटा मात्रै कालोपत्रे सडक रहेको थियो वडाको अधिकाश भुभाग पुर्वपश्चिम राजमार्ग सग नजोडिएको भएपनि विश्वबैकको सहयोगमा बन्न लागेको यो सडकले उर्लाबारी-२ लाई पुर्वपश्चिम राजमार्ग सग जोडन् सजिलो भएको वडाअध्यक्ष कुमार कडेलले बताउनुभयो ।
उर्लाबारीमा कृषि उपजको प्रचुर सम्भावना र आन्तरिक पर्यापर्यटनको हवको रुपमा रहेको वडामा सुविधा सम्पन्न कालोपत्रे सडक निर्माणले स्थानियको मुहारमा खुशी थपेको स्थानिय नविन थापाले बताए ।
सडक निर्माणको जिम्मा भारतको सिपिल इन्फ्रा हैदरावादले पाएको भएपनि सडकको काम भने सव-कनट्याक्टरका रुपमा रहेर तुम्रुक कन्सट्रक्सनले गर्ने भएको छ ।

उर्लाबारी-३ मा रहेको तुम्रुक कन्सट्रक्सनका संचालक अर्जुन तुम्रुकले सडक निर्माणको काम समयमै पुरा गरेर जिम्मा लगाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कुल ३६ करोड १२ लाख ४३ हजार ६ सय १६ रुपैया लागतमा बन्न लागेको सडकलाई निर्माण पक्षले २०८२ असार मसान्त भित्रमा निर्माण सम्मपन्न गरी बुझाउनु पर्ने कार्यादेश रहेको छ ।
सडक सजालमा उर्लाबारीकै नमुना सडकको रुपमा रहेको यो सडकले उर्लाबारीको विकास र समृद्धिमा टेवा पुर्‍याउने उर्लाबारी नगरपालिकाका मेयर गंगा प्रसाद खरेलले बताउनुभयो ।
खरेलले भन्नुभयो-‘यो सडक पालिकाकै नमुना सडक हो विदेशी सस्थावाट प्राप्त सहयोगलाई हामीले विवादरहित सम्पन्न गर्न आवश्यक छ यसमा सवै नागरिकको साथ सहयोग रहनेमा विश्वस्त छु।’
उर्लाबारीकै गौरवको योजनाका रुपमा हेरिएको यो सडकलाई उर्लाबारी नगरपालिकाका निर्वतमान मेयर खड्ग फागोले विश्वबैकका प्रतिनिधी सग २०७७ फागुन २१ गते समझौता गर्नुभएको थियो । समझौता भएको करिब ४ वर्ष पछि सडकले निर्माणको गति लिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय