
बेलबारी, १५ असोज । मोरङको बेलबारी नगरपालिका–२ मा रहेको भलुवा खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
आईतबार दिउसोको समयमा भलुवा खोलामा डुबेर बेलबारि नगरपालिका–३ घर भई मामा घरमा बस्दै आएकी ३ बर्षीया बालिका सानीतामाङ को मृत्यु भएको प्रदेश प्रहरि कार्यालय बिराटनगरले जनाएको छ ।




बालिका हराएको जानकारि आफन्तले प्रहरिलाई गरेपछि खोजतलासका क्रममा प्रहरी चौकी बबियाबिर्ताको टोलिले बालिका डुबेर मृत्युभएको अबस्थामा आईतबार फेला पारेको थियो ।
घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय रङगेलिले थप अनुसन्धान गरिरहेको प्रहरिले जनाएको छ ।