उर्लाबारी, २० असोज । मोरङको उर्लाबारीमा रहेको सामुदायिक विकास मञ्चले आयोजना गरेको ‘छैटौँ उर्लाबारी रन २०८०’ को बाकी पुरस्कार आज वितरण गरेको छ ।
उर्लाबारी-६ स्थित सस्थाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्राविधक समस्याका कारण पुरस्कार वितरणमा समस्या भएका अण्डर-१२ र अण्डर-१६ का विजयी रनरहरुलाई पुरस्कार वितरण गरीएको सस्थाका अध्यक्ष प्रेम बोहोराले बताए ।
सस्थाले उर्लाबारीमा हरेक वर्ष असोज-३ गते अर्थात संविधान दिवसको अवसर पारेर दौड प्रतियोगिता गर्दै आएको छ ।
सोही प्रतियोगितामा प्राविधिक समस्याका कारण रोकिएका २ वटा विधाका पुरस्कार आज प्रदान गरिएको हो ।
जस्मा अण्डर-१२ तर्फ सुनसरी तरहराका सम्राट राई प्रथम, दोस्रो स्थनमा उर्लाबारी-६ का एरिक खड्का, तेस्रो स्थानमा उर्लाबारी-८ का सुमित मुर्मु र सान्तवना पुरस्कार उर्लाबारी-६ का रितिज श्रेष्ठले हात पारेका छन् उनिहरुले जनही ४ हजार, ३ हजार, २ हजार र १ हजार नगदका साथै मेडल र प्रमाणपत्र प्राप्त गरेका हुन ।
यस्तै अण्डर-१६ तर्फ झापा विर्तामोडका शिव कार्की, दोस्रोमा सुनसरी तरहराका अनिल बस्नेत, तेस्रोमा पाँचथर मिक्लाजुङका राजेश फियाक र सानत्वना सुनसरी धरानका कालुमान राईले हात पारेका छन् । उनिहरुले जनही ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाका साथै मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
विजयीहरुलाई कार्यक्रमका प्रमुख अथिती उर्लाबारी नगरपालिका वडा नम्वर-६ का वडाध्यक्ष चिन्तामणी पौडेलले पुरस्कार वितरण गरेका थिए ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै पौडेलले ‘उर्लाबारी रन’ ले उर्लाबारीलाई देशका दुरदराज सम्म पहिचान गराउन सफल भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय