
उर्लाबारी, २० असोज । बालबच्चा, युवायुवती सवैको रोजाईमा परेको पेयपदार्थ स्लाईसमा अखाद्य बस्तु फेला परेको छ ।
मोरङको उर्लाबारी-३ स्थित मंगलबारेमा स्थानिय सुमन श्रेष्ठले स्लाईस खरिद गरी खाने क्रममा सिलप्याक बोटलभित्र प्लाष्टिका टुक्रा जस्ता देखीने ठोस फोहोर बस्तु फेला परेको बताए ।
उनले एक स्थानिय पसलबाट स्लाईस खरिद गरी पिउने क्रममा बोटल भित्र फोहोरका टुक्रा देखेपछि स्लाईसले मानव स्वास्थ्यमाथी खेलबाड गरेको बताए ।
श्रेष्ठले भने-‘विशेषत बालबालिका माझ लोकप्रिय रहेको स्लाईसको बोटलमा आखाद्य बस्तु भेटिनु दुर्भाग्य हो, हामीले त आखाले देख्यौ हेरौ र छुट्यौ फोहोर मिसिएको पेयपदार्थ बालबालिकाले सोझै पिय भने उनिहरुको स्वास्थ्यको जिम्मा कस्ले लिने’ श्रेष्ठले प्रश्न गरे ।
बोटलमा अखाद्य बस्तु फेला परेपछि हामीले कम्पनीका प्रतिनिधी अनिता भण्डारीलाई जानकारी गराउदा भण्डरीले भनिन-‘गाडीमा ढुवानी गर्दा बोटलहरु ठोक्किएर लिकेज हुदा त्यस्तो देखिएको हुन सक्छ, यस्लाई नै ईसु बनाउने हो भने हाम्रो त केही लाग्दैन।’
नेपालमा स्लाईसको उत्पादन पेप्सी कम्पनीले गर्दै आएको छ । कम्पनीले उत्पादन गरेको स्लाईसलाई बजारमा विक्रिका लागि लगिदा समेत कम्पनीले पिउन योग्य छ छैन भन्ने निक्र्यौल नगरेको पाइएको छ ।
कम्पनीले गरेकोे यो लापरबाहीको शिकार विशेष गरी बालबालिका र कम दृष्टि भएका मानिसहरुमा पर्न जाने स्थानिय उपभोक्ताहरुको भनाई छ ।



