उर्लाबारी, २१ असोज । मोरङको उर्लाबारी नगरपालिकाले उर्लाबारी बहुमुखी क्याम्पसलाई बस हस्तात्तरण गरेको छ ।
क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीहरुको सुविधाको लागि नगरपालिकाले बजेट विनियोजन गरी बस हस्तान्तरण गरेको हो ।
उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेलले आइतबार नगरपालिका परिसरमा एक कार्यक्रमकाबीच बससहित साँचो हस्तान्तरण गरेका हुन ।
बस हस्तान्तरण कार्यक्रममा नगरप्रमुख खरेलले शिक्षा क्षेत्रलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको भन्दै भौतिक पूर्वाधार, यातायातको व्यवस्थापनले विद्यार्थीहरुको शैक्षिक स्तर बढ्ने अपेक्षा रहेको बताए ।
कार्यक्रममा उपप्रमुख मीना खतिवडा पौडेल, प्रशासकीय अधिकृत मुरारी घिमिरे, जिन्सी शाखा प्रमुख नगेन्द्र तिम्सिना, क्याम्पसका तर्फबाट संचालक समिति अध्यक्ष पुष्पलाल ढकाल, क्याम्पस प्रमुख खेमराज कार्की, सदस्य मुक्तिप्रकाश न्यौपाने, गजेन्द्र दंगाललगायतको उपस्थिति रहेको थियो ।
बसलाई नगरपालिकाको सिफरिसमा सतप्रतिशत भन्सार छुट गरी ल्याएको सदस्य मुक्तिप्रकाश न्यौपानेले बताए । भन्सार छुट गर्दा चालक सहित ५५ सिट क्षमताको बसको मुल्य ३३ लाख रुपैया पर्न गएको न्यौपानेको भनाई छ ।
अघिल्लो कार्यकालमा उर्लाबारी नगरपालिकाले क्याम्पसमा बस दिने तयारी गरेपनि विविध कारणले सो योजना सफल हुन सकेको थिएन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय