उर्लाबारी, २४ असोज । विशेष गरी चाडपर्वको समयमा बजार क्षेत्रमा सवारी साधनको बढ्दो आवतजावतलाई व्यावस्थापन गर्न उर्लाबारीमा यात्रु सहायता कक्षको स्थापना गरीएको छ ।
ईलाका प्रहरी कार्यालय उर्लाबारी र ट्राफिक प्रहरी कार्यालयले सडकमा सवारी साधनको चापलाई व्यवस्थित गर्न यात्रु सहायता कक्षको स्थापना गरीएको प्रहरीले जनाएको छ ।
चाडवाडको समयमा बजार क्षेत्रमा सवारी साधन र यात्रुको चाप अत्याधिक हुने भएकाले सावरी साधन जथाभावी रोक्ने, यात्रु ओराल्ने र चढाउने गर्नाले सडक दुर्घटनाको सम्भावना बढी मात्रामा हुने गर्दछ ।
सम्भावित सडक दुर्घटनालाई न्युनिकरण गर्न र यात्रुहरुलाई आवतजावतमा
सहजता ल्याउन प्रहरी र ट्राफिकको सहयोगमा यात्रुहरुलाई गनतव्य सम्म
सुरक्षित यात्रा गराउन यात्रु सहायता कक्षको स्थापना गरीएको ईलाका प्रहरी
कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक देवेन्द्र दासले बताए ।
उर्लाबारी-७ स्थित पुर्वपश्चिम राजमार्गको उर्लाबारी पुर्ववस विसौनी दक्षिततर्फ ट्राफिक प्रहरी चेकपोष्ट सर्ग सहायता कक्षको स्थापना गरीएको छ ।
कार्यालयको उद्घाटन उर्लाबारी नगरपालिकाका मेयर गंंगाप्रसाद खरेल र उपप्रमुख मिनादेवी खतिवडाले सयुक्त रुपमा गरे ।
कार्यालयको उद्घाटन गर्दै मेयर खरेलले चाडपर्वको समयमा सडकमा सावरीसाधन र मानिसहरुको बाक्लो उपस्थिती रहने भएका कारण दुर्घटना र चोरी तथा लुटपाटका घटनाहरु घट्ने सम्भावना अत्याधिक भएका कारण सम्भावित दुर्घटनाका जोखीमयुक्त स्थानहरुको पहिचान गरी प्रहरी र ट्राफिक प्रहरीलाई तदारुक्ताका साथ काम गर्न सुझाव दिए ।
कार्यक्रममा उर्लाबारीका यातायात व्यावसायीहरुको समेत सहभागिता रहेको थियो ।
ADVERTISEMENT