उर्लाबारी, २४ असोज । ईलाका प्रहरी कार्यालय उर्लाबारीले चाडपर्वको समयमा हुन सक्ने अपराधिक गतिविधीलाई रोक्न व्यापक मात्रामा सिभिल ड्रेसमा प्रहरी परिचालन गर्ने भएको छ ।
ईलाका प्रहरी कार्यालयको आधार ईलाकामा चाडपर्वको समयमा हुन सक्ने चोरी, डकैती, कानुनले बन्देज गरेका खेलतमासालाई निरुत्साहित गरी चाडपर्वमा सामाजिक सदभाव कायम गर्न प्रहरीले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने जनाएको छ ।
बुधबार ईलाका प्रहरी कार्यालय उर्लाबारीले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी चाडपर्व लक्षित सुरक्षा योजनाका बारेमा जानकारी गराएको हो।
पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्यालय उर्लाबारी प्रहरी निरीक्षक देवेन्द्र दासले विशेष गरी चाडपर्वमा हाटबजारमा हुने कालोबजारी, चोरी, पाकेटमार गैह्रकानुनी खेलतमासा, मापसे/लापसे गरी जथाभावी सवारी साधनको प्रयोग गरी दुर्घटनाका घटनाहरुमा बढवा हुने भएकाले त्यस्ता घटनाहरु घट्न नदिन प्रहरीले प्रतक्ष्य र अप्रतक्ष्य दुवै पाटोबाट व्यापक प्रहरी परिचालन गरी सुरक्षा व्यावस्था कडा बनाउने रणनिती लिएको बताए ।
यस्तै चाडपर्वको बेलामा सडकमा यातायातका साधनको बाक्लो आवजतजात रहने भएका कारण हिट एण्ड रनका केसलाई नियन्त्रण गर्न यात्रुसहायता कक्षको स्थापना गरी ट्राफिक प्रहरीको समन्वयमा सडक सुरक्षालाई मजबुत बनाईने बताए ।
यस्तै उर्लाबारी नगपालिका विभिन्न स्थानमा जोडिएका सिसी क्यामेराहरुको माध्यमबाट पनि उर्लाबारीको सुरक्षा व्यावस्थालाई थप प्रभावकारी बनाउन मनिटरिङ गरीने उनले बताए ।
ईलाका प्रहरीका कार्यालयको कमाण्ड सम्हाल्न करिव ढेड महिना अघि उर्लाबारी आएका प्रहरी निरिक्षक दासको सक्रियतामा फारर अभियुक्तहरु समेत धमाधम पक्राउ पर्न थालेका छन् ।
विभिन्न गैह्रकानुनी गतिविधीमा समलग्न भई जिल्ला अदालतबाट फैसला भई कैद अथवा जरिवना भुक्तान गर्न बाकी रहेका १३ जना फरार अभियुक्तहरुको खोजी गरी प्रहरीले पक्राउ गरेको जनाईएको छ ।
यस्तै ढेड महिनाको अवधिमा लागुपदार्थ ओसारपसार तथा विक्रिवितरण गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर कानुनी कार्वाही अगाडी बढाएको ईलाका प्रहरी कार्यालले जनाएकाो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय