उर्लाबारी, २४ असाेज

उर्लाबारीमा नयाँ मेलमिलापकर्ता उत्पादन तालिम सुरु भएको छ । उर्लाबारी नगरपालिका नगर न्यायिक समितिकाे आयाेजनामा सात दिने तालिम आज सुरु भएको हाे । तालिमकाे नगर प्रमुख गंगाप्रसाद खरेलले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा नगर प्रमुख खरेलले वडामा आउने विवादमा समाधानका लागि सहजता हाेस् भन्ने उद्देश्यले आयाेजित तालिम सफलताको शुभकामना व्यक्त गर्नुभयो । साे अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन निराैला, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले मन्तव्य राख्नुभएको थियाे । कार्यक्रमको अध्यक्षता गर्नुभएकी उपमेयर तथा नगर न्यायिक समिति संयाेजक मीना खतिवडा पाैडेलले वडाबाट छनाेट गरेर पठाएका नयाँ मेलमिलापकर्तालाई कानुनका विषय, मेलमिलापका ताैरतरिकालगायतका विषयमा जानकारी गराउने उद्देश्यले तालिम आयाेजना गरिएको बताउनुभयो । उर्लाबारी-७ स्थित कञ्चनजंघा हाेटलकाे सभाहलमा सञ्चालित तालिममा नगरका ९ वटै वडाका ३५ जना नयाँ मेलमिलापकर्ताकाे सहभागिता रहेको छ । तालिमको सहजीकरण बरिष्ठ अधिवक्ता गणेश लुइँटेल र मेघराज न्याैपानेले गर्नुभएको छ । उद्घाटन कार्यक्रममा न्यायिक समितिकी सदस्य अमृता नेपालीकाे स्वागत मन्तव्य र अर्का सदस्य रुद्रप्रसाद लामिछानेको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय