उर्लाबारी, २७ असोज । मोरङको उर्लाबारी-३ मंगलबारमा शुक्रबारदेखि वडा स्तरीय भेट्रान रनिङ कप फुटबल प्रतियोगिता सुरु भएको छ ।
मंगलबारे भेट्रान क्लबको आयोजना र उर्लाबारी नगरपालिका वडा नं. २ को प्रायोजनमा सो प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा उर्लाबारी वडा नं. २ ले विजयी सुरुवात गरेको छ ।
उर्लाबारी वडा नं. ८ लाई ४-० गोल अन्तरले पराजित गर्दै वडा नं. २ विजयीको खाता खोलेको हो । वडा नं. २ को तर्फबाट सुदिप राईले २, मित्र धिमाल र सन्तोष राई १/१ गोल गरेका थिए ।
उर्लाबारी नगरपालिका वडा नं. २ का वडाध्यक्ष राजनकुमार कँडेलको प्रमुख आतिथ्यतामा भएको उक्त प्रतियोगितामा उर्लाबारी नगरपालिकाका ९ वटै वडाका ३५ वर्ष माथिका खेलाडीहरुको सहभागिता रहने खेल संयोजक विजय माझीले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिती कडेलले विजयी सुरुवात गरेका वडा नम्वर-२ का खेलाडीहरुलाई धन्यवाद दिदै स्वाथ्य जिवनयापनका लागि खेलकुद महत्वपुणर् भएको बताए ।
प्रतियोगिता उर्लाबारी-३ स्थित प्रस्तावित सालबारी रंगशालामा जारी शनिबारको खेलमा उर्लाबारी १ र ९ का बीचमा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद ३० हजार र ट्रफी र प्रमाणपत्र हात पार्ने छ भने उपविजेताले नगद २० हजार र प्रमाण हात पार्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय