
उर्लाबारी, २७ असोज । नेपाली कांग्रेसका नेता एवम कोशी प्रदेश सहमहामन्त्री खड्ग फागोले जनता र नेताविचको असमनता अन्त्य हुनुपर्ने बताए ।
नेपाली कांग्रेस उर्लाबारी-३ वडा कार्यसमितले आज नया मंगलबारे बजारमा गरेको चाडपर्व शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै फागोले यस्तो बताएका हुन ।
कार्यक्रमलाई सम्वोधन गर्दै फागोले भने-‘जनताले पटक-पटक भोट लिएर नेता बनाए, एउटै व्यक्ति पटक-पटक सत्ता र शक्तिमा पुर्याए, नेताले जति पटक जित्दै गए त्यतिनै धनी हुदै गए तर जनताको जिवनस्तर जहिको त्यही छ, विडम्वना नेतालाई भोट दिएर जिवनस्तर सुर्धान आफुहरु विदेशीनु पर्ने अवस्था आयो अन्तत ईजरायल र प्यालेस्टानको युद्धमा परी सर्वसाधरणले अनाहकमा ज्यान गुमाउनु पर्यो।’
नेता फागोले सत्ताशक्तीमा पुगेका नेताहरुले जनभावनाको कदर नगरेका कारण पछिल्लो समय युवा जनशक्ति विदेश पलायन भईरहेको बताए ।
जनमत लिएर पुगेका नेताहरुले शक्ति र सत्तामा पुगेपछि निजी स्वार्थ र शक्ति स्वार्थमा लगेर जनमतलाई विर्सीदै जाने हो भने देशमा युवाशक्तिको अभाव हुने समेत बताए ।
नेपाली काग्रेस उर्लाबारी-३ का कार्यबहाक सभापति सुरेन्द्र निरौलाको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै अर्का नेता एवम विशिष्ट अथिती प्रदेश सदस्य एवम महासमिती सदस्य अर्जुन तुम्रोकले चाडपर्वले सामाजिक सदभाव, भाईचारा र आपसीमेलमिलापलाई ईङकित गर्ने भएकाले चाडपर्वको सदभाव जस्तै पार्टी भित्र पनि सहमति, सहकार्य र एकता गरेर जानसके पार्टी मजबुत हुने बताए ।
कार्यक्रममा नेपाली काग्रेसका स्थानिय नेताहरु पूर्व वडाध्यक्ष गञ्जबहादुर कार्की, तरुण दल केन्द्रिय सदस्य भिम थापा, पूर्व वडा सभापति टंकनाथ दहाल, ईन्दु कार्की, भैरव थापा, चेतन कोइराला, सुवास भण्डारी र रेशु कटवालले शुभकामना मनतव्य राखेका थिए ।
कार्यक्रम वडा सचिव प्रदिप सग्रौलाले संचालन गरेका थिए ।



