उर्लाबारी, २७ असोज । मोरङको उर्लाबारी-३ मंगलबारमा शुक्रबारदेखि वडा स्तरीय भेट्रान रनिङ कप फुटबल प्रतियोगिता सुरु भएको छ ।
आज दोस्रो दिनको खेलमा वडा नम्वर ९ ले वडा नम्वर १ लाई २ का विरुद्ध ५ गोल गर्दै विजयी बनेको छ ।
उर्लाबारी वडा नं. १ लाई ५ गोलले हराउदै ९ नम्वर अघिल्लो चरण प्रवेश गरेको छ । ९ का लागि उत्तम लिम्वुले ३ र कृष्ण गुरुङ र दिपक पोमुले १/१ गोल गरेका थिए ।
यस्तै वडा नम्वर-१ को तर्फबाट संजिव गौतमलले २ गोल फर्काएका थिए । आजको खेलको म्यान अफ दि म्याच उर्लाबारी-९ का उत्तम लिम्वु घोषित भए उनले ट्रफी हात पारे । भोलिको खेल उर्लाबारी-३ र ७ का विचमा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद ३० हजार र ट्रफी र प्रमाणपत्र हात पार्ने छ भने उपविजेताले नगद २० हजार र प्रमाण हात पार्ने आयोजकले जनाएको छ ।
उर्लाबारी नगरपालिकाका ९ वटै वडाका ३५ वर्ष माथिका खेलाडीहरुको सहभागिता रहने खेल संयोजक विजय माझीले बताए ।
ADVERTISEMENT