उर्लाबारी, १३ कार्तिक । यो वर्ष मंसिर ३ गते पर्न गएको छठपर्वलाई व्यवस्थित रुपमा मनाउन सरोकारवाला पक्षसग मैथिली समाजले अन्तरक्रिया कार्यक्रम गरेको छ ।
उर्लाबारी नगरपालिकाको मावा र सोल्टी खोला किनार यस्तै मधुमल्लाको बक्रा खोला र राजघाटको रातेहोली किनारमा हरेक वर्ष लाग्दै आएको छवपर्वलाई सुरक्षित र मार्यादित बनाउन आज मैथिली समाज सेवा समितीले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा उर्लाबारी नगरपालिकाका मेयर गंगा खेरल, वडाध्यक्ष लगाएत राजनितीक पार्टीका स्थानिय प्रमुखहरु, नेपाल प्रहरी, शस्त्र प्रहरी, पत्रकार लगाएर स्थानिय अगुवा समाजसेवीहरुको उपस्थिती रहेको थियो ।
मैथिली समाज सेवा समितीका अध्यक्ष पवन चौधरीको अध्यक्षतामा सम्पन्न् अन्तरक्रिया कार्यक्रमा सरोबारवाला पक्षका वक्तहरुले अघिल्लो सालको घटनालाई स्मरण गर्दै सुरक्षित र ममार्यदित रुपमा पर्वलाई व्यवस्थित बनाउन समितीलाई सुझाव दिएका थिए ।
कार्यक्रममा समाजका अध्यक्ष पवन चौधरीले पर्वलाई व्यवस्थित र सुरक्षित बनाउन समाज लागि पर्ने बताए ।

कार्यक्रम मैथिली समाज सेवा समितीको कार्यालय उर्लाबारी ७ मा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय