उर्लाबारी, २५ कातिक । नेपालीहरुको दोस्रो ठुलो चाड तिहारले गाउघर, शहर बस्तीलाई छप्पकै छोपेको छ ।
तिहारको रमझमसगै समाजमा घट्न सक्ने गैह्रकानुनी कार्य, चोरी, मापसे र लापसेका घटनाहरुमा बढेत्तरी हुने भएकाले उर्लाबारी प्रहरीले पर्वलाई सुरक्षित र मर्यादित बनाउन ‘नो एक्सक्युज’ अभियान चलाउने भएको छ ।
विशेष गरी देउसी भैलो खेल्ने क्रममा हुने अवान्छित गतिविधीलाई नियन्त्रण गरी पर्वलाई मर्यादित र सुरक्षित बनाउन ईलाका प्रहरी कार्यालय उर्लाबारीले अभियान चलाउने भएको हो ।
प्रहरी कार्यालयले आफ्नो आधार ईलाका मिक्लाजुङ गाउपालिका र उर्लाबारी नगरपालिका भित्र विशेष सुरक्षा गस्ती टोली परिचालन गरी अपराधिक अथवा गैह्रकानुनी गतिविधीमा समलग्न भएको पाइएमा कानुनी कार्वाहीमा कठोरताको निती अवलम्वन गरीने ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।
दासले भने-‘पर्वलाई सुरक्षित र मार्यादित बनाउन प्रहरीले आफ्नो ठाउबाट भरपुर प्रयास गर्ने छ, कहि कतै संकास्पद गतिविधी भैरहेको थाहा पाए प्रहरीलाई सुटुक्क खवर गरी सहयोग गरिदिन अनुरोध गर्दछौ, जानकारी पाउनसाथ प्रहरीले तत्काल एक्सन लिने छ ।’
यस्तै प्रहरीले दशैमा जस्तै तिहारमा पनि सादा पोषाकमा बजार क्षेत्र, गाउघरका कुनाकाप्चामा प्रहरी परिचालन गर्ने जनाएको छ ।
विगतमा अपराधिक गतिविधीमा समल्गन भई कानुनी सजाय भुक्तान गरी समाजमा फर्केकाहरुको लिष्ट तयार पारी उनिहरुलाई निरन्तर निगरानी गर्न सादा पोषकमा रहेका प्रहरीलाई लिष्ट उपलव्ध गराई उनिहरुको गतिविधीलाई विशेष निगरानी गरिने दासले बताए ।
यस्तै विभिन्न समयमा भएका चोरीका घटनाहरुमा समल्गनहरुको हुलिया सिसीक्यामेराको सहयोगमा प्रहरीले संकलन गरेको हुनाले चोरीका घटनामा समलग्न रहेर फरार भएकाहरुको खोजतलासमा प्रहरीले गस्तीमा रहेको टोली र सादा पोषाकमा रहेका प्रहरी दुवै युनिटलाई हुलिया उपलब्ध गराई खोजतलास गरिने योजना प्रहरीले बनाएको जनाएको छ ।
यस्तै पर्वको समयमा घर छाडी कतै टाढा जानुपरे विश्वासीलो छिमेकी अथवा प्रहरीलाई खबर गरेर घर छाड्न पनि प्रहरले सर्वसाधरणलाई अनुरोध गरेको छ।
सडकमा पर्वको बेला सवारीसाधनको चाप अत्यधिक हुने र सानो लार्पवाहीले पनि ठुलो दुर्घटना निम्त्याउन सक्ने जोखिमलाई न्युनिकरण गर्न प्रहरीले सवारी साधनमाथी सिसीक्यामेराको निगरानीलाई बढाउने भएको छ ।
दुर्घटनाका कारण जनधनको क्षतिबाट नगरिकलाई बचाउन प्रहरीले उर्लाबारी गरपालिकाको पुर्वी सिमाना मावा खोला र पश्चिम सिमाना सुनझोडा खोला सम्मको पुर्वपश्चिम राजमार्गमा जोडिएका सिसीक्यामेराको निगरानी गर्ने छुट्टै युनिट खडा गरेको जनाएको छ ।
जस्ले २४ सै घण्टा सडकमा गुड्ने सावरीसाधनको निगरानी र सडकमा हुने गतिविधीको निगरानी गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय