उर्लाबारी, २ मंसिर । तिहार पछि हर्ष र उल्लाहसका साथ मनाईदै आएको छठपर्वले नेपालीहरुलाई छपक्कै छोपीसकेको छ ।
विशेषगरी मैथली समाज र मधेसी समुदायमा मनाईदै आएको यो पर्व यतिवेला पहाडी समुदाय र अन्य समुदायका मानिसहरुले समेत मनाउन थालेका छन् ।
सवै समुदायले यस पर्वलाई आत्मसाथ गरी मनाउन थालेपछि यस पर्वलाई सवैको मन जोड्ने सेतुपर्वका रुपमा समेत हेरिन थालेको छ ।
सेतुपर्वका हेरिएको यो पर्व मनाउन यतिबेला मोरङका मावा, सोल्टी, विराटनगरको सिंहघिया खोला किनार र अन्य तालतलाउमा धमाधम घाट निर्माण भइरहेका छन् ।
छठपर्वको पहिलो दिन नहा खाय मनाईन्छ भने दोस्रो दिन पञ्चमी आर्थत आज खरना मनाईदै छ ।
‘खरनाको दिन बर्तालु दिनभरि निर्जला बस्छन् र साँझपख नुहाएर चोखो भई आफ्नो कुलदेवता स्थापना गरेको पूजा कोठामा नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने गरिन्छ
भोलि नदी, खोला, तलाउ किनारमा निर्माण गरीएका घाटमा गई अस्ताउदो सुर्यलाई अर्घ दिएर सुर्यदेवताको पुजाआरधाना गरी यो पर्व मनाउने गरीएको छ ।
रातिको समययमा खोलाकिनारमा बर्तांलुहरु सगै भत्तजनहरुको बाक्लो उपस्थिती रहने र सुरक्षा चुनौती बढ्ने भएका कारण मोरङको उर्लाबारीमा आयोजित छठ पुजालाई सुरक्षित र मर्यादित बनाउन यस पटक आयोजकले सिसीक्यामेराको प्रायोग गर्ने भएको छ ।
उर्लाबारी नगरपलिकाको मावा खोला, सोल्टी खोला, रातेहोलीमा यतिवेला छठपर्वका लागि धमाधम घाटहरु निर्माण भईरहेका छन् ।
ति घाटहरुमा आउने बर्तालु र भक्तजनको सुरक्षाका लागि र अवान्छित गतिविधी गर्नेहरुलाई निगरानी गर्न सिसी क्यामेराको प्रयोग गरीने मैथली समाज सेवा समिती उर्लाबारीका अध्यक्ष पवन चौधरीले बताए ।
गत साल उर्लाबारीमा छठपुजाको बेला युवाहरुको २ समुहविच कुटाकुट हुदा एक जनाको ज्यान गएको थियो । सोही घटनालाई स्मरण गर्दै यो वर्षको छठपुजामा अप्रिय घटना घटन् नदिन आयोजक समितीले नेपाल प्रहरी, शश्त्र प्रहरी, नगर प्रहरी सहित सिसिक्यामेराको माध्यमबाट पुजास्थललाई सुरक्षित बनाउन लागि परेको बताए ।
छठपर्वकै सुरक्षालाई मध्यनजर गर्दै ईलाका प्रहरी कार्यालय उर्लाबारीले जिल्ला प्रहरीबाट थप जनशक्ति मगाएर सिभिल र गस्तीमा गरी व्यापक मात्रामा प्रहरी परिचालन गर्ने अन्य सुरक्षा निकायको समेत सहयोग लिने प्रवन्ध मिलाइएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।
उर्लाबारीको मावा, सोल्टी र रातेहोलीमा गरी ३ स्थानमा १ सय ५१ भन्दा बढी घाटको निर्माण गरी अस्ताउदो र उदाउदो सुर्यलाई अर्घदिने पुजा व्यावस्थापन समितीका सल्लाहकार शुखदेव पोदारले बताए ।
यस्तै यसपटकको छठपर्वमा ३ स्थानमा गरेर करिव १० हजार भन्दा बढी भक्तजनहरुको उपस्थिती रहने आयोजकले जनाएको छ ।
पछील्लो सयम उर्लाबारीमा दिनहु जसो आगलागीका घटना भइरहेका कारण पुजा स्थलमा पटका र आतसबाजी गर्न नपाउने निणर्य भएको मैथली समाजले जनाएको छ ।
तराईवासी मधेसी समुदायको मुख्य पर्वको रुपमा रहेको यस छठ पर्व अहिले पछिल्लो समय आएर पहाडी समुदाय मात्र नभएर मुस्लिम धर्मावलम्बीले समेत आस्था र भक्तिपूर्वक मनाउने गरेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय