उर्लाबारी, ३ मसिर । उर्लाबारी आगलागी घटनाका घाइतेहरुको अवस्थाका बारेमा बुझ्न जापान मेडिकल एसोसियसनका पूर्वअध्यक्षतथा टोकियो इटाबाशी अस्पतालका अध्यक्ष डा. हिरोयुकी इजुमी आउनुभएकाे छ ।
नेपाली कांग्रेस महासमिति सदस्य चिरञ्जीवि थापाको पहलमा शनिबार डा. इजुमी आउनु भएकाे हाे । शनिबार साँझ सिनियरडाक्टरसमेत रहनुभएका इजुमीसहितको टोली काठमाडौं आइपुग्नु भएकाे थापाले जानकारी दिनुभएको छ । उहाँका अनुसार उर्लाबारीआगलागी घटनाका पीडितहरुको अवस्था बुझ्ने र थप उपचारका लागि समन्वय गरिनेछ । घाइतेहरुको आत्मबल बढाउन पनिजापानबाट डा. इजुमी आउनु भएको उहाँको भनाई छ । गत कार्तिक २६ गते मोरङको उर्लाबारी–७, बरगाछीस्थित दीपक कार्कीको घरमाआगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २८ जना घाइते भएका थिए । तीमध्ये २५ जनालाई नेपाली सेनाको विमानमार्फतकाठमाडौँ ल्याइएको थियो ।