उर्लाबारी, २१ साउन । मोरङको उर्लाबारीस्थित राधिका माध्यमिक विद्यालयका शिक्षक गोपाल राईको निधन भएको छ ।
फोक्सो र पेटको आन्द्रासम्बन्धी रोगबाट ग्रसित ५९ वर्षिय राईको हिजो राती करिव ९ः५५ बजे उपचारको क्रममा निधन भएको हो ।
दमक नगरपालिका-२ निवासी राईको आईतबार बेलुका विराटनगरस्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा उपचारको क्रममा निधन भएको परिवारस्रोतले जनाएको छ ।
ADVERTISEMENT