उर्लाबारी, २१ साउन । मोरङको उर्लाबारी उद्योग वाणिज्य संघको आगामी भदौ ९ गते हुने निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन समितिले आज पत्रकार सम्मेलन गरी तालिका सार्वजनिक गरेको हो ।
निर्वाचन तालिका अनुसार उम्मेद्वारी मनोनयन साउन २८ गते बिहान ११ देखि बेलुका ४ बजेसम्मलाई तोकिएको छ ।
उम्मेद्वारी फिर्ता लिन साउन ३० गते दिउँसो २ बजेसम्मको समय दिइएको छ भने अन्तिम नामावली प्रकाशन साउन ३० गते दिउँसो ३ बजे प्रकाशन गरिने निर्वाचन समिति संयोजक महेन्द्रजंग तामाङले बताउनुभयो ।
निर्वाचनलाई निष्पक्ष, भयरहित, शान्तिपूणर् रुपमा सम्पन्न गर्न सबै पक्षको साथ र सहयोग आवश्यक रहने उहाँले बताउनुभयो ।
संघको निर्वाचन सम्पन्न गर्न पूर्वअध्यक्ष महेन्द्रजंग तामाङ संयोजक तथा पूर्वअध्यक्षहरु चन्द्रबहादुर भट्टराई (भरत) र धर्म शाक्य सदस्य रहेको निर्वाचन समिति गठन गरिएको छ ।
निर्वाचन तालिका यस्तो छः-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय