उर्लाबारी, २२ साउन । मोरङको उर्लाबारी नगरपालिका-७ मा रहेको कान्ति बचत तथा ऋण सहकारी सस्थामा चोरी भएको छ ।
चोरले सहकारीको पछाडी पट्टीको काठको ढोका फोरेर सहकारी भित्र प्रवेश गरी सहकारीमा रहेको २ हजार ६ सय रुपैया, सिसीक्यामेराको हार्डडिक्स र एउटा ट्याब चोरी गरेको सस्थाकी व्यावस्थापक ईन्दु नेपालले बताईन ।
करिव ६ सय शेयर सदस्य रहेको उक्त सहकारी सस्थामा सहकारीले दैनिक जसो संकलन गरेको रकम बैकमा जम्मा गर्ने गरेका कारण ठुलो रकम चोरी हुन नपाएको सस्थाका अध्यक्ष यामलाल रसाईलीले बताए । रसाईलीले घटनाका बारेमा यथाशिघ्र अनुसन्धान अगाडी बढाउन प्रहरी प्रशासन समक्ष आग्रह गरेका छन् ।
मंगलबार विहान घर मुली होमनाथ चापागाईले भवनको पछाडी पट्टीको ढोका फोरेर चोरी भएको देखेपछि सस्थाका अध्यक्ष र कर्मचारीलाई खवर गरेका थिए ।
घटनाका बारेमा ईलाका प्रहरी कार्यालय उर्लाबारीले अनुसन्धान थालेको प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय