उर्लाबारी, २४ साउन । भोजपुरको सानोदुम्मा गाउँमा जन्मिएका नुतन राई, जो २०६४ सालदेखि उर्लाबारीमा बसोबास गर्दै आएका हुन ।
उनले अहिले उर्लाबारी उद्योग वाणिज्य संघको महासचिव पदका लागि उम्मेदवारी दिएका छन् ।
राईले प्रारम्भिक जीवनमा उर्लाबारीको पिके ट्राभल्स एण्ड टुरमा कार्यालय सहयोगीको रूपमा काम गर्दै व्यावसायिक यात्रा थालेका थिए । उनले व्यवसायिक सफलता प्राप्त गर्नका लागि कठिन परिश्रम गरेर पछि सोही ट्राभल्स खरिद गरी युवा व्यावसायीको रूपमा स्थापित भए । हाल उनि उर्लाबारीमा उम्दा युवा व्यावसायीको रूपमा परिचित छन् ।
व्यावसायिक सफलता सँगै, राईले उर्लाबारी उद्योग वाणिज्य संघमा एक कार्यकाल सदस्यको रूपमा कार्य गरेका छन् । सो कार्यकालमा उनले वाणिज्यसघका तौरतरिकालाई नियालेपछि अहिले उनले महासचिव पदमा उम्मेदवारी दिएका हुन ।
महासचिव पदको उम्मेदवारीका क्रममा उनले सदस्यताको विस्तार, व्यावसायिक समस्याहरूको समाधान, छाता संगठनको रूपमा संघको विकास, स्थानिय सरकारसँग करको दरलाई पारदर्शी बनाउनको पहल, व्यावसायिक स्थलहरूको सुरक्षा र सिसिटिभी जडान, र संघलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने योजना प्रस्तुत गरेका छन् ।
राईको सामाजिक क्षेत्रका योगदान पनि प्रशंसा योग्य छन् । उनले २०७३ देखि २०७६ सम्म किरात राई यायोक्खा उर्लाबारीको नगर सदस्यको रूपमा कार्य गरेका थिए । २०७६ देखि ०७९ सम्मको कोषाध्यक्षको भूमिकामा रहेर संस्थालाई समृद्धि प्रदान गरेका छन्। साथै, उनले मिरा राई फाउण्डेसनको संरक्षक, सानो दुम्माली किरात राई सेवा समाजको सस्थापक सचिव, र परिवर्तन युवा क्लब उर्लाबारी-४ का सल्लाहकारको रूपमा पनि काम गरेका छन् । त्रिसा नेपाल द्वारा दुबईमा आयोजित अन्तर्राष्ट्रिय सामाजिक बहुयामिक पुरस्कारबाट सम्मानित भएका छन् ।
३४ वर्षीय राई, युवा जोश र सोचका साथ महासचिवको चुनावी मैदानमा उत्रिएका छन् ।
उनले पार्टी राजनीतिकको सीमाभन्दा बाहिर रहेर संघलाई राजनीतिक प्रभावबाट मुक्त गर्न र व्यावसायिक समस्याहरूको समाधानमा समर्पित रहने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय