उर्लाबारी २५ साउन । व्यापारी, व्यवसायीको हितमा अहोरात्र खट्दै आउनु भएका उर्लाबारीका समाजसेवी, व्यापारी विनोद न्यौपानेले यस पटक उर्लाबारी उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी घोषणा गर्नु भएको छ ।
संघका आधादर्जन पूर्वअध्यक्षहरुको साथ र समर्थनमा उहाँले उम्मेदवारी घोषणा गरेसँगै प्रचार अभियानलाई तिव्र पार्नु भएको छ। फुटपाथदेखि सटर सम्मका व्यवसायीको हकहित सुरक्षाका लागि आफू कटिबद्ध भएको उहाँले बताउनु भयो । विभिन्न धार्मिक, सामाजिक, शैक्षिक, खेलकुद लगायत हर क्षेत्रमा उहाँका सहयोगी हात, सहयोगी मन फैलिरहेका छन् ।
विभिन्न दर्जन बढी सामाजिक संघसंस्थामा आवद्ध रहेर सक्रिय योगदान पुर्‍याई सक्नु भएका व्यवसायी न्यौपानेले ५० पटक रक्तदान गरी सेवा पुर्‍याउनु भएको बताउनु भएको छ ।
उहाँले सामाजिक क्षेत्रमा गरेका मानवीय सेवा तथा व्यवसायिक हितमा गरेका कार्य यस प्रकार रहेका छन । १.सार्वजनिक माध्यमिक विद्यालय उर्लाबारी-९को स्वणर्महोत्सव र पुराणमा सहयोग गरेको छ ।
२.राधिका माध्यमिक विद्यालय उर्लाबारी-६मा अक्षयकोषको लागि सहयोग गरेको छ ।
३.उर्लाबारी बहुमुखी क्याम्पसको अक्षयकोषको लागि सहयोग गरेको छ ।
४.रोटरी क्लव उर्लाबारीको २०२३-२०२४ मा प्रभात विद्यालय,महाराज आधारभुत विद्यालय र राजघाट विद्यालयमा खेलकुद सामाग्री सहयोग गरेको छ ।
५.परोपकार सेवा केन्द्र उर्लाबारी-७मा भवन निर्माणमा सहयोग गरेको छ ।
६.भानु पुस्तकालय उर्लाबारी-४मा भवन निर्माण गर्न सहयोग गरेको छ ।
७.बालआश्रम उर्लाबारी-७मा अक्षयकोषका लागि सहयोग गरेको छ ।
८.देविस्थान दुर्गा मन्दिर सोनिका भवन निर्माण उर्लाबारी-७मा सहयोग गरेको छ ।
९.नव दुर्गावेद्यविद्या मन्दिर उर्लाबारी-७को भवन निर्माणमा सहयोग गरेको छ ।
१०.सिद्धेश्वर शिव बाबा धामको भवन निर्माणमा सहयोग गरेको छ ।
११.रुद्र शिवालय मन्दिर उर्लाबारी-६ को जग्गा खरिद गर्न सहयोग गरेको छ ।
१२.राधाकृष्ण मन्दिर उर्लावारी-७मा रहेको जग्गा खरिद गर्न सहयोग गरेको छ ।
१३.जेष्ठ नागरिक उर्लाबारी-४मा भवन निर्माण गर्न सहयोग गरेको छ ।
१४.रामेश्वर शिव मन्दिर उर्लाबारी-४मा भवन निर्माण गर्न सहयोग गरेको छ ।
१५.पाथीभरा पञ्चकन्या मन्दिर उर्लाबारी-७मा अक्षयकोषका लागि सहयोग गरेको छ ।
१६.दुर्गा+सिद्वेश्वर मन्दिर उर्लाबारी -८मा जग्गा खरिद गर्न सहयोग गरेको छ ।
१७.मैथिली सेवा समाज उर्लाबारी-७मा जग्गा खरिद गर्न सहयोग गरेको छ ।
१८.स्वयम्भू चैत्य बुद्व महाविहार उर्लाबारी-७मा सहयोग गरेको छ ।
१९.उर्लाबारी जेसिसको भवन निर्माणका लागि भवन निर्माणका साथै जेसिजको जन्मोत्सव कार्यक्रममा निरन्तर रुपमा सहयोग गरेको छ ।
२०.सुनझोडा माध्यमिक विध्यालय उर्लाबारी-२मा शैक्षिक सामग्री प्रदान गरेको छ ।
२१.मानवीय सेवा कार्यमा विभिन्न संगठनको रक्तदानमा र सहकारी संस्थाहरुको रक्तदान कार्यमा ५० पाउण्ड रगत दिएर मानवीय सेवा गरिरहेको छ ।
व्यवसायीक हितका कार्यहरु
१.कृषि विकास बैंकको सामाजिक कार्यको सहयोगमा र उर्लाबारी उद्योग वाणिज्य संघको पहलमा दुर्गापुरी चौकमा सिसि क्यामारा जडान गर्न विशेष पहल गरि सहयोग गरेको छ ।
२.वित्तीय बैंकको आर्थिक सहयोगमा ३२औं साधारणसभा संयोजकको नाताले खर्चबाट बचत गरी विपद कोषमा रु एक लाख जम्मा गर्न विशेष पहल गरेको छ ।
३.कतिपय व्यवसाय हरुको विल बिजकको विषयमा सहजीकरण गरि निःशुल्क ल्याउने व्यवस्था मिलाउने पहल गरेको छ ।
४.उर्लाबारी महोत्सवमा आर्थिक संयोजक भई सफलता पूर्वक कार्य गरेको छ ।
५.व्यापारीहरुको राज्यको राजश्व र करका विषयमा सदैव सहयोगि भूमिका निर्वाह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय