उर्लाबारी, २८ साउन । भदौ ९ गते हुने उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनको प्यानलले उम्मेदवारी दर्ता गराएको छ।
लोकतान्त्रिक गठबन्धनका तर्फबाट अध्यक्षमा तारामान सिरेङ (लिम्वु) को नेतृत्वमा १६ पदमा उम्मेदवारी दर्ता भएको हो ।
गठबन्धनका तर्फबाट बरिष्ठ उपाध्यक्षमा निर्मला चौहान (निरु), उद्योग उपाध्यक्षमा प्रभु राई (दिलुङछा), वाणिज्य उपाध्यक्षमा रामप्रसाद राई (बाङगाई), महासचिवमा पवन चौधरी, उद्योग सचिवमा भेषबन्धु निरौला, वाणिज्य सचिवमा राजकुमार श्रेष्ठ (मकै), कोषाध्यक्षमा दशरथ यादव (बेचन), सदस्यमा केशव भट्टराई, मदनप्रसाद दहाल, दिपक कार्की, फुर्वा तामाङ (छिरिङ), सोमबहादुर गजमेरले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
संघको लेखा समिती संयोजक पदमा मनोज लुइटेल, सदस्यमा बासु घिमिरे र मोहनलाल पाठकले उम्मेदवारी दर्ता गराउनु भएको हो ।
गठबन्धनले सघको अध्यक्षमा तारामान सिरेङ लिम्वुको नेतृत्वमा साझा प्यानलबाट उम्मेदवारी दर्ता गर्दै व्यावसायिक हितका कार्यक्रमहरु समेत सार्वजनिक गरेको छ।
गठबन्धन प्यानलका प्रतिबद्धता यस्ता छन्ः-
१.उर्लाबारी उद्योग वाणिज्य संघमा आबद्ध व्यावासायीहरुको १ लाख रुपैया बराबरको दुर्घटना विमा गरिने ।
२.उर्लाबारी उद्योग वाणिज्य संघको सदस्यता नविकरण शुल्कमा ५० प्रतिशत घाटाईने ।
३.उर्लाबारी बजारको प्रवद्र्धनलाई ध्यानमा राखी सुरक्षा निकाय तथा स्थानिय तहसगको समन्वयमा सन्ध्याकालिन बजार संचालन गरिने ।
४.कृषि उत्पादनलाई प्राथमिकता दिदै कृषी बजार व्यावस्थापन गरिने छ ।
५.संघमा व्यावसायीहरुको बस्तुगत प्रतिनिधित्व गराइने ।
६.स्थानिय महिला उद्ययमीलाई सिप तथा आयमुलक, कार्यक्रम संचालन गरी बजारीकरणमा सघाउ पुर्याउने ।
७.उर्लाबारी, मंगलबारे, किसान चौक, दुर्गापुरी, आमबारी सहितका बजारमा उज्यालो अभियान अन्र्तगत सरसफाई गरी सुन्दरता कार्यक्रम संचालन गर्ने ।
८.बैक तथा वित्तिय सस्था सग समन्वय गरी व्यावसायीहरुको हितमा लगानीमैत्रि बाताबरण निर्माण सगै दुर्गापुरी बजारमा बैकको काउण्टर स्थापना गर्न पहल गर्ने ।
९.स्थानिय उत्पादन तथा व्यावसायलाई प्रवद्र्धन गर्न विभिन्न महोत्सव संचालन गर्ने ।
१०.व्यावसायी र घरधनी विच घरभाडा र घरबहाल करका विषयमा समन्वय गर्ने।
११.स्थानिय सरकारले लिदै आएको करको दरलाई घटाउन पहल गर्ने ।
१२.व्यावसायीको सुरक्षा प्रति बजारमा अपुग भएका सबै केन्द्रहरुमा सिसी टिभी जडान गर्न सम्वधीत निकायसग सवन्वय गर्ने ।
१३.वाणिज्य संघलाई प्रविधीमैत्रि रुपमा विकास गर्ने साथै बर्तमान कार्यसमितीले गर्दै आएका कार्यहरुलाई निरन्तरता दिने ।
१४.छिमेकी पालिकाहरु सग समन्वय गरी उर्लाबारीलाई व्यापारिक/औद्योगिक केन्द्रका रुपमा विकास गर्न मिनी शित भण्डार स्थापनाको पहल गर्ने ।
१५.व्यावसायीहरुको राय, सल्लाह र सुझावको आधारमा शनिबारको बजार बन्दको समयलाई फेरबदल गरिने, प्रतिबद्धता सार्वजनिक गरेको छ ।
१६.वाणिज्य संघले निरन्तर प्रदान गर्दै आएको राहत कोषलाई बृद्धि गर्ने ।
१७.बजारलाई सुरक्षित र व्यवस्थित गर्न टिफर, तथा ट्याक्टरका लागि बैकल्पिक मार्गको व्यावस्थापन गर्न पहल गर्ने प्रतिबद्धता गठबन्धनले सार्वजनिक गरेको हो ।