
उर्लाबारी, १ भदौ । वि.स. २०३९ साल को भदौमा लिएका तारामान सिरेङ सानै उमेर देखी शान्त स्वभाव, परिश्रमी, मृदुभाषी, सहयोगी र परोपकारी स्वभावका व्याक्ती थिए ।
उनको यही स्वभावका कारण सिरेङ सग बाल्यकाल देखीनै साथीभाई, ईष्टमित्रहरु वरिपरी भईरहन्थ्ये ।
सवै सग सहजरुपमा घुलमिल गर्न सक्ने उनको बाल्यकाल देखीकै सरल स्वभावका कारण अध्ययनको शिलशिलामा पनि उनले र धेरै साथिभाई बनाए । सामुहिकतामा रमाउने उनको शैलिका कारण सवैमाझ उनि परिचित हुदै गए ।
मोरङको साविक राजघाट गाविसमा थातथलो भएका सिरेङले २०६१ सालबाट उर्लाबारीमा तारा कोल्ड स्टोर संचालन गरेर व्यावसायिक यात्रामा पाईला टेके।
व्यापार सगै सामुहिकतामा रमाउने उनको सानै देखीको स्वभावका कारण उनलाई उर्लाबारीमा परिचित हुन धेरै समय नै लागेन । फलस्वरुप उनले २०६६ सालमा भएको उर्लाबारी उद्योग वाणिज्य सघको निर्वाचनमा सदस्य पदमा उठेर निर्वाचित भए ।
वाणिज्य संघमा सिरेङको यात्रा र सुरुवाती उपलव्धीः २०६६ सालमा भएको उर्लाबारी उद्योग वाणिज्य सघको निर्वाचनमा सदस्य पदमा उठेर निर्वाचित भएका तारामानको यात्रा सदस्यमा मात्रै सिमित भएन । सदस्यमा निर्वाचित भएर २ वर्षे कार्यकालमा सघभित्रका धेरै कुरा बुझेका सिरेङले वि. स. २०६८ सालमा महासचिव पदमा उम्मेदवारी दिए ।
परोपकारी, परिश्रमी र मृदुभाषि स्वभावका सिरेङले महासचिव पदमा अत्यधिक मतका साथ विजयी बने । उनको विजयी सगसगै उर्लाबारी उद्योग वाणिज्य सघलाई नया उचाईमा पुर्याउन उनकै पहलमा उर्लाबारी उद्योग वाणिज्यसघलाई महासंघको सदस्यता प्रदान गराउन उर्लाबारी उद्योग वाणिज्यसघ सफल भयो ।
उवासघले महासंघको सदस्यता पाए सग-सगै स्थानिय व्यापारीहरुको उर्लाबारी उद्योग वाणिज्य संघप्रति आर्कषण बढेर गयो फलस्वरुप ९ सय सदस्य रहेको उर्लाबारी उद्योग वाणिज्य संघका सदस्यको संख्या बृद्धि भएर ११ सय पुग्यो ।
महासचिव पदको यात्रा गरिसकेपछि सिरेङले केही वर्ष उद्योग वाणिज्यसंघको यात्रालाई विश्राम गरेर व्यावसायिक कर्मलाई नै अघिबढाउदै गए ।
महासचिव पदमा रहदा उनले गरेका पहल र कार्यशैलीलाई नजिकबाट नियाली रहेका स्थानिय व्यावसायीहरु सिरेङलाई संघको नेतृत्वमा देख्न र हेर्न चाहिरहेका हुन्थ्ये। उनिहरुको चाहाना अनुरुप नै सिरेङले २०७२ सालमा बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिए ।
उनको उम्मेदवारी सगै उत्साहित भएका व्यावसायीहरुले सिरेङलाई अत्यधिक मतका साथ बरिष्ठ उपाध्यक्ष पदमा बिजयी गराए ।
बरिष्ठ उपाध्यक्ष पदको यात्रा र उपलव्धीः सदैव नविनतम सोच राख्ने, केही गरौ भन्ने हुटहुटी बोकेका सिरेङले उद्योग वाणिज्यसंघलाई नया उचाईमा पुर्याउन र व्यावसायीहरुलाई राहत पुग्ने परोकारी कार्य गर्ने सोचका साथ ‘प्राकृतिक प्रकोप कोषको स्थापना’ को नया कन्सेप्ट ल्याए जसको आकार र उद्देश्य बृहत थियो हाल सोही कोषलाई वाणिज्यसघले ‘विपद कोष’ का रुपमा संचालन गरिरहेको छ । जसले विपदमा परेका व्यवसायीहरुलाई राहत दिने कार्य गर्दै आएको छ ।
उर्लाबारीको चिनारी देशका कुना काप्चा सम्म पुर्याउने र संघको आम्दानीलाई बढवा दिने नया सोचका साथ सिरेङ वाणिज्य संघमा सडक खाना महोत्सव को प्रस्ताव लगे उनको त्यो प्रस्तावले सार्थकता पाएसगै सघको नेतृत्वमा उर्लाबारीमा सडक खाना महोत्सव लाग्यो । व्यावसायीहरुको स्वास्थ्य परिक्षणका लागि उनकै पहलमा संघको नेतृत्वमा स्वास्थ्य शिविरको आयोजना भयो ।
सिरेङ बरिष्ठ उपाध्यक्ष भएपछि संघको विधानमा परिवर्तन गरेर पदाधिकारीको कार्यकाल ३ वर्ष रहने व्यावस्था गरियो । उनि बरिष्ठ उपाध्यक्षमा निर्वाचित भए पछि सिरेङले विधान सम्सोधनको प्रस्ताव लिएर गए र सो प्रस्तावलाई संघले पारित गर्दै पदाधिकारीको कार्यकाल ३ वर्ष रहने व्यावस्था गर्यो । जो निरन्तर चल्दै आएको छ ।
अध्यक्षमा उम्मेदवारी र पराजय, पराजय पछि निरन्तर सेवामाः वि.स. २०७२ -२०७५ सम्म बरिष्ठ उपाध्यक्ष पदमा रहेर कार्यगरेका सिरेङले केही समयको विश्राम पछि २०७८ सालमा वाणिज्य संघमा अध्यक्षमा उम्मेदवारी दिए ।
उनले नेकपा एमालेबाट उम्मेदवार बनेका शेरवहादुर भण्डारी सग प्रतिष्पर्धा गरे उक्त प्रतिष्पर्धामा सिरेङ १ सय ५६ मतले पराजित हुन पुगे । चुनावी मैदानमा भण्डारी सग पराजित भएपनि व्यावसायिको सारथीका रुपमा उनि सदैव लागी नै रहे सोही बेला विश्वमहामहारीका रुपमा फैलदै गरेको कोभिड-१९ को प्रकोपको ग्राफ नेपालमा उकालो लाग्दै थियो ।
अस्पतालहरुमा अक्सिजनको हाहाकार थियो । भने कति पए कोभिड संक्रमितहरु अक्सिजन नपाएर मृत्यु वरण गरिरहेका थिए । संक्रमणको सो समयमा सिरेङले केही साथीहरुको टिम बनाएर अक्सिजन सिलिण्डरको खोजिमा निस्किए र १४ थान अक्सिजन सिलिण्डरको व्यावस्थापन गरेर स्थानिय सरकारलाई प्रदान गरे ।
साथै सिरेङको आफ्नै नेतृत्वमा फेस सिल, राहत सामाग्री वितरण जस्ता कार्यहरु पनि भए । साथै उनले आफ्नै नेतृत्वमा उर्लाबारीका व्यावसायीहरुलाई कोभिड प्रकोपबाट सुरक्षित राख्न स्थानिय सरकार सग समन्वय गरी १ हजार ४ सय कोभिड भ्याक्सिन वितरण गरी व्यावसायीहरुलाई लगाउन पनि सफल भए ।
साना, मझौला, र ठुला व्यावसायीहरूको हकहितका लागि जस्तो सुकै परिस्थितीमा अग्रभागमा रहेर काम गर्दै आएका सिरेङ २०८० साल कार्तिक २६ गते लक्ष्मी पूजाको रात एक विनाशकारी आगोको चपेटामा परेर सिरेङ सहित २८ जना गम्भिर घाईते बने ।
घाईतेहरुको काठमाडौंको कीर्तिपुर बर्न अस्पतालमा उपचार भयो । २४ दिनको कठिन उपचारपछि सिरेङले मृत्युलाई जिते भने सोही अगलागीमा परी घाईतेभएका अन्य ५ जनाको मृत्यु भयो । अस्पतालको शैयामा रहँदा उनले जीवनको पुनर्मूल्यांकन गरे र आफ्नो जीवनलाई केवल व्यक्तिगत लाभका लागि मात्र नभएर सम्पूणर् उर्लाबारीका साना, मझौला, र ठुला व्यवसायीहरूको हितमा समर्पित गर्ने अठोट गरे ।
सोही घटनाबाट बाकी जिवन व्यावसायीहरुको हितमा सर्मपित गर्ने अठोट लिएका सिरेङले व्यवसायीहरूका लागि दुर्घटना विमा योजना ल्याउने निणर्य गरेको बताए । उनले भने-“वाणिज्य संघले राहत कोषमार्फत प्राकृतिक विपतका घटनामा सहयोग गर्दै आएको छ, तर यसपटक नयाँ नेतृत्वको लागि चुनावी मैदानमा होमिएको गठबन्धनले व्यावसायीहरूको लागि थप प्रभावकारी राहत र सहायता योजनाहरू ल्याउने लक्ष्य राखेको छ ।”
मृत्युको मुखबाट फर्केका सिरेङले साना, मझौला, र ठुला व्यावसायीहरूको हकहितका लागि काम गर्ने अभिलासा सहित ‘लोकतान्त्रिक समावेशी व्यावसायी साझा गठबन्धन’ को प्यानल बनाएर उर्लाबारी उवासंघको अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए ।
सिरेङको टिममा बरिष्ठ उपाध्यक्षमा निर्मला चौहान, उद्योग उपाध्यक्ष प्रभु दिलुङछा राई, वाणिज्य उपाध्यक्षमा रामप्रसाद धिमाल, महासचिवमा पवन चौधरी, उद्योग सचिव भेषबन्धु निरौला, वाणिज्य सचिव राजकुमार श्रेष्ठ, कोषाध्यक्षमा दशरथ यादव, सदस्यहरुमा फुर्वा तामाङ, मदन धिमाल, दिपक कार्की, केशव भट्टराई, र सोम बहादुर गजमेर जस्ता उर्लाबारीको व्यावसायीहरुको पिरमर्कालाई बुजेको टिम रहेको छ ।
लेखा समिती संयोजकका उम्मेदवार मनोज लुइटेल सर्वसम्मत भएका छन। सदस्यको पदमा भने चुनाव हुने भएको छ सदस्यको उम्मेदवारमा मोहनलाल पाठक र वासुदेव घिमिरे रहेका छन् ।
उद्योग वाणिज्य सघको अध्यक्ष पदको लागि सिरेङको उम्मेदवारी एक सकारात्मक परिवर्तनको संकेत भएको र उनको नेतृत्वमा व्यापारिक समुदायलाई नयाँ उत्साह र समृद्धि प्राप्त हुनेमा उर्लाबारीका व्यासायीहरु विस्वस्त रहेको प्रतिक्रिया व्यावसायीहरुले घरदैलो कार्यक्रममा दिने गरेका छन् ।



