उर्लाबारी, ३ भदौ । मोरङको उर्लाबारीमा रहेको उर्लाबारी बहुमुखी क्याम्पसका चिफ खेमराज कार्की सवारी ज्यान मुद्दामा पक्राउ परेका छन् ।
गत साउन ३२ गते शुक्रबार करिब ४ बजेतिर मोरङको कानेपोखरी गाउपालिका-७ मा कार्कीले चलाएको प्र-१-०१-०१६ प ८२३५ नम्बरको मोटरसाईबलबाट लडेर बोहोरा घाईते भएकी थिईन ।
घाईते बोहोरालाई स्थानिय प्रहरी र कार्कीको सहयोगमा उपचारका लागि उर्लाबारी मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टर ल्याईएको थियो ।
त्यहा बोहोरोको उपचार सम्भव नभएपछि थप उपचारका लागि सोही दिन साझ ७ः४० बजे विराटनगर स्थित विराट शिक्षण अस्पताल रिफर गरिएको थियो ।
कार्कीको माटरसाईकलमा सवार उर्लाबारी-४ की ४२ बर्षिया शर्मिला बोहोराको सोमबार विहान ४ः१५ बजे उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
बोहोराको उपचारका क्रममा मृत्यु भएपछि उनको परिवारले सोमबार ईलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिएका छन् ।
जाहेरी पश्चात प्रहरीले ५० वर्षीय कार्कीलाई नियन्त्रणमा दिएर सवारी ज्यान मुद्दा चलाउने तयारी गरेको ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएस्पी मोहन विक्रम दहालले बताए ।
दहालले भने-‘किटानी जाहेरी परेको छ घटनाका बारेमा अनुसन्धान प्रक्रिया अगाडी बढाएका छौ, घटनाको प्रारम्भिक अनुसन्धान सवारी ज्यान मुद्दको पाटोबाट हुन्छ, अनुसन्धान हुदै जादा अन्य कुराहरु खुल्न गए भने त्यसमाथी पनि थप अनुसन्धान प्रक्रिया अगाडी बढ्छ।’
यता मृतकका आफन्त सुनील बोहोराका अनुसार कार्कीले घटना घटेको ३ दिन सम्म पनि अभिभावकलाई जानकारी नगराई आफ्नै तरिकाले उपचार गराउन अस्पताल लगेर लापरबाही तरिकाले उपचार हुदा मृत्यु भएको बताएका छन् ।
बोहोराले भने, म र कार्की छिमेकी हौ, यो घटना हाम्रो परिवारमा जानकारी भएन, शुक्रबारको घटना रैछ शनिबार हाम्रो भेट चौकमा भयो तर पनि कार्कीले घटनाको बारेमा जानकारी गराएनन्, घाईतेको अबस्था बिग्रदै गएपछि मृतकका छोराबाट मैले जानकारी पाएर अस्पताल पुग्दा उहाको अन्तिम अवस्था थियो, घटनाका बारेमा किन जानकारी नगराएको भनेर मृतकका छोरालाई सोध्दा खेमराज कार्की सरले उपचार म गर्छु परिवारको अन्यलाई नभन्नु भने पछि आफुले कसैलाई नभनेको भन्ने जवाफ दिएको बोहोराले बताए ।
यता मृतक बोहोराका छोरा सुदिपले सरले भनेको कुरा मान्दा उपचारमा लापरबाही भएर आफ्नी आमाको ज्यान गएको बताएका छन् ।
सुदिपले भने-‘शुक्रबार ५ बजे तिर सरले फोन गरेर तेरो आमाको एक्सिडेन्ट भयो, मगलबारेमा उपचार गराईरहेको छ भन्नुभयो, अनि म त्यहा एक जना मान्छे पठाउछु आमाको विमा कार्ड लिएर त यहा आईज भन्नुभयो, म सरले पठाएको मान्छेसग अस्पताल पुग्दा ममि बोल्दै हुनुहुन्थ्यो, भरे एकछिनमा बिराटनगर जाने कुरा भयो सर, म र सरले पठाउनु भएको व्याक्ति कानेपोखरी सम्म एउटै एम्बुलेन्समा गयौ, कानेपोखरी पुगेपछि सर ओर्लिनु भयो, अनि हामी मात्रै अस्पताल गयौ, उहाले उपचार म गर्छु कसैलालाई भन्नु पर्दैन भन्नु भाको थियो, पैसा पनि दिइरहनु भएको थियो, ममीको उपचार हुदै गरेको मामाहरुलाई थाहा थियो, पछि ममी झन झन सारो हुदै गएपछि मलाई पनि डर लाग्न थाल्यो र मैले सरले भनेअनुसार नगरी घरमा फोन गरेर सवैलाई भने, सरले मलाई दबाब दिएकोले उपचारमा सहि तरिकाले काउन्सीलिङ समेत हुन सकेन, अन्त्यमा ममीको ज्यानै गयो ।’
क्याम्पस प्रमुख कार्कीले सुदिपलाई कुनै पनि धम्की नदिएको बताएका छन् । उनले भने,“म मकै खाने ठाउमा थिए, एउटा गाडी रोक्यो, त्यस गाडीबाट शर्मिला सगै अन्य पनि ओर्लिए मैले शर्मिलालाई देखेर सोध्दा रिगटा लागेर ओर्लेको भन्नुभयो, त्यहाबाट मैले लिफ्ट दिएर हिड्दा अलिक ओर्तिर आएपछि उहा आफै मोटरसाईकलबाट लड्नु भएको हो, त्यसपछि प्रहरी र म भएर एक माईक्रोमा सिट खाली गराई उहालाई उपचारको लागि मंगलबारे ल्याएका थियौ, उहाँको अवस्था सामान्य नै देखिएको थियो, टाउकोमा चोट देखिएकोले डाक्टरले सिटीस्क्यान गर्न विराटनगर रेफर गरिएको थियो ।’
शर्मिला उर्लाबारी-४ मा बस्दै आएकी थिइन, उनका श्रीमान भने छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय