उर्लाबारी, १७ भदौ । नेपालीहरुको ठुला चाडपर्व तिज, दशै र तिहार नजिकिदै गर्दा उर्लाबारीको मुख्य चौकमा मानिसहरुको आवतजावत बाक्लो हुने गर्दछ ।
सडक किनारमा परेका खाल्डाखुल्डीका कारण चाडपर्व नजिकिदै गर्दा बजारमा मानिसहरुको चहलपहल र सवारी साधनको चाप उच्च हुदा सवारी साधन पर्किङ र आवतजावतमा समस्या हुने गर्दछ ।
जसका कारण मानिस र सवारी साधन दुर्घटनामा पर्न सक्ने जोखिमलाई ध्यानमा राखी व्यावसायीहरुले माग अनुरुप उर्लाबारी उद्योग वाणिज्य संघको अग्रसरतामा उर्लाबारी चौकका खाल्डाखुल्डी पुरेर व्यवस्थित गर्ने कामको थालनी गरेको उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सिरेङले बताउनुभयो ।
सडक किनारमा परेका खाल्डाखुल्डी पुरेर आवतजावतमा सहजता ल्याउन नवनिर्वाचित अध्यक्ष सिरेङले उर्लाबारी नगरपालिका सग अनुरोध गरेपनि पालिकाले सडक विस्तारको कारण देखाउदै बजेट नदिने बताएपछि सिरेङले ईटहरी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तथा निर्माण व्यवसायी भीम पौडेल लगाएत अन्य व्यावसायीहरुसँग सहकार्य गरी उर्लाबारी चौक ब्यवस्थित बनाउन थालनी गरिएको बताउनुभयो ।
मुख्य चौकको सडककिनारलाई व्यवास्थित बनाउन चौकमा रहेका खाल्डाखुल्डी पुर्ने र रोलर लगाएर ब्यवस्थित बनाउने काम भएको छ ।
अध्यक्ष सिरेङसँगै महासचिब सम्झना खतिवडा, कार्यसमिति सदस्य फुर्वा तामाङ, संघका बरिष्ठ उपाध्यक्ष ज्ञानुकमार श्रेष्ठ, उद्योग उपाध्यक्ष सुनिल बोहोरा, वाणिज्य सचिब राजकुमार श्रेष्ठ (मकै), कार्यसमिति सदस्य दिपेन्द्र कार्की (दिपक) लगायत लेखा समिति सदस्य बासुदेव घिमिरे, पूर्व कार्यसमिति सदस्य नुतन राई (पिके), प्रभु राई श्रमदानमा खटिनुभएको छ ।
ADVERTISEMENT