उर्लाबारी, २३ भदौ । मोरङको उर्लाबारी-२ तिनघरेमा जारी प्रथम चाँदनी खुला नकआउट फुटबल प्रतियोगिता शनिबार मंगलबारे र सुनझोडा फुटबल क्लवबिच भएको पहिलो खेलमा ४-१ को फराकिलो अन्तरले मंगलबारे विजयी भएको छ । उक्त खेलमा मंगलबारेका जर्सी नम्बर ९ का सनम धिमालले खेलको ७ औँ र ५१औँ मिनेटमा २ गोल गरेका थिए ।
यस्तै मंगलबारेका जर्सी नम्बर १७ का तेन्जिङ तामाङ र ८ नम्बर जर्सीका सन्तोष न्यौपानेले खेलको क्रमशः २२औँ र ५१ औँ मिनेटमा १/१ गोल गरेर आफ्नो टीमको जित सुनिश्चित गराएका थिए । यता सुनझोडाका जर्सी नम्बर ११का मिन मगरले १ गोल गरेका थिए ।
यस्तै शनिबारको भएको दोस्रो खेलमा आयोजक चाँदनी युवा क्लव बीलाई ५-१ को फराकिलो अन्तरले हराउदै डिभिजन फरेष्ट अफिस (डिएफओ) फुटबल क्लव विजयी भएको छ ।
जितको लागि डि फमका अश्मिन गौतम, किरण पाठक,दिलिप लिम्बु, प्रेम घिमिरे र विपुल खड्काले क्रमशः ८ ,१०, ११, २५ र ४०औँ मिनेटमा १/१ गोल गरेका थिए । यता आयोजक क्लवका जिवन लिम्बुले खेलको २२ औँ मिनेटमा रक्षात्मक १ गोल गरेका थिए ।
पहिलो खेलमा उत्कृष्ट खेल प्रदर्शनी गरेको बताउदै आयोजकले मंगलबारेका करण थापालाई म्यान अफ दी म्याच घोषणा गरेको थियो । यस्तै दोस्रो खेलमा डिएफओका अमृत चेम्जोङ म्यान अफ दी म्याच घोषित भएका थिए । उनीहरुलाई मायाको चिनो प्रदान गर्देै पुरस्कृत गरिएको थियो ।
उर्लाबारी वडा नम्बर २ तिनघरेस्थित चाँदनी युवा क्लवको आयोजनामा संचालन भएको सो प्रतियोगितामा मोरङका विभिन्न पालीकाहरुका १६ वटा क्लवको सहभागिता रहेको आयोजक क्लवका अध्यक्ष अनिल राईले बताए ।
सो प्रतियोगिताको विजेताले ३० हजार , उपविजेताले १५ हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ ।
यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, हाई स्कोरर, वेष्ट गोल किप्पर, वेष्ट डिफेन्डर, म्यान अफ दी म्याचलगायतका विधाहरुमा खेलाडीलाई सम्मानित गरिने क्लवका सल्लाहकार नरबहादुर धिमालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय