पथरी, २६ भदौ । मोरङको पथरीमा आगामी असोज ५ गते देखी १२ गते सम्म प्रथम पथरीशनिश्चरे अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप हुने भएको छ ।
पथरी ११ फुटबल क्लवले आयोजना गर्न लागेको प्रतियोगिताको तयारी तिब्र रुपमा अगाडी बढीरहेको आयोजक कल्वका अध्यक्ष सुमन विकले बताउनु भयो ।
प्रतियोगितामा एडिभिजन खेल्ने क्लव सहित चर्ज मोफसलका चर्चित टिमहरु र भारतको एक टिम गरी ८ टिमको सहभागिता रहने भएको छ ।
प्रतियोगिता पथरीशनिश्चरे- १ को पथरी रंगशाला जाँते मोडमा हुने छ । प्रतियोगिता संचालनका लागि तयारी तिब्र रुपमा अगाडी बढीरहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टिमले ३ लाख र दोस्रो टिमले २ लाख नगद, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने खेल संयोजक जितन राईले बताउनुभयो ।
गोल्डकप सम्पन्न गर्न करिव ४० लाख रुपैया लाग्ने र प्रतियोगिताको खेल अवधिभर करिव ५० हजार दर्शकले खेल अवलोकन गर्ने आयोजक समितले जनाएको छ ।
प्रतियोगिता संचालनका लागि आयोजकले देश तथा विदेशमा रहेका नेपालीहरुबाट सहयोग प्राप्त गरिरहेको छ ।
पथरीमा धेरै समय पछि हुन लागेको यो ठुलो फुटबल प्रतियोगितामा पथरीशनिश्चरे नगरपालिका, स्थानिय संघ सस्थाले समेत प्रतियोगिता संचालनका लागि सहयोग उपलव्ध गराउने प्रतिबद्धता जनाएको आयोजकले जनाएको छ ।
ADVERTISEMENT