उर्लाबारी, ३१ भदौ । पुर्वी मोरङमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको मोडल स्कूल/कलेजले भव्य समारोहका विच बिद्यार्थीहरुको विदाई तथा स्वागत कार्यक्रम सम्पनन गरेको छ ।
उर्लाबारी-६ मा रहेको यस विद्यालयले हरेक वर्ष उत्तकृष्ठ नतिजा निकाल्दै विद्यार्थी र अभिभावकको शिक्षा क्षेत्रमा मन जित्दै आएको छ ।
२०३७ साल देखि निरन्तर शिक्षा क्षेत्रको साथै सामाजिक गतिविधिमा लाग्दै आएको मोरङ् मोडल शैक्षिक गहनाको रूपमा स्थापित विद्यालय रहेको भन्दै प्रमुख अतिथी वडाध्यक्ष पौडेलले प्रंससा गर्नुभयो ।
उहाँले गुणस्तरीय शिक्षा दिदै लागुपदार्थ दुर्व्यसन मुक्त बनाउन र विकृति विसंगति अन्त्य गर्न सबै एकजुट हुनुपर्ने उल्लेख गर्नु भयो । पूर्वी मोरङकै लामो इतिहास बोकेको मोरङ् मोडल कलेज/स्कूलमा हाल प्लेग्रुपदेखि विविएस सम्म १ हजार २ सय विद्यार्थी पठन पाठन गरिरहेको प्रिन्सिपल सन्दिप पौडेलले बताउनु भयो । कार्यक्रममा शिक्षक, अभिभावक, सञ्चालक सदस्यहरूको वाक्लो उपस्थिती रहेको थियो।
कलेजको वार्षिक नियमित कार्यक्रम अन्तर्गत कक्षा ११ का आगन्तुक विद्यार्थी र बिबिएस प्रथम वर्षका विद्यार्थीलाई स्वागत तथा बिबिएस चौथो वर्षका विद्यार्थी लाई बिदाई गरिएको विद्यालयका कार्यकारी सहायक प्राचार्य मातृका खतिवडाले बताउनु भयो ।
विद्यार्थीहरूले सो अवसरमा राष्ट्रप्रेमले ओतप्रोत भएको स्वागत नृत्य लगायत विभिन्न गित, संगितले भरपुर मनोरन्जन गराएको कार्यक्रम सञ्चालक पुन्य प्रसाद घिमिरेले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय