उर्लाबारी, २ असोज । ‘फोनिक्स फिटशाला’ उर्लाबारीका बडिबिल्डर खेलाडी प्रकाश राईको निधन भएको छ ।
शारीरिक सुगठनका राष्ट्रिय खेलाडी प्रकाश राईको बुधबार निधन भएको हो । पाँचौं खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता राईको बुधबार निधन भएको हो ।
मोरङको पथरी-शनिश्चरे नगरपालिका-१ निवासी राई गत शनिबार काठमाडौंको दशरथ रंगशालाको कभर्ड हलमा सम्पन्न प्रतियोगिताका विजेता थिए ।
उर्लाबारीको ‘फोनिक्स फिटशाला’ बाट सहभागी बन्न उनी काठमाडौं गएका थिए ।
टोखा नगरपालिका-६ स्थित ग्रीनल्यान्ड होटलमा बस्दै आएका उनी बुधबार बिहान ६ बजेतिर अचानक लडेका थिए ।
उपचारका लागि नजिकैको ग्रान्डी अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषित गरेको पारिवारिक स्रोतले जनाएको छ ।
उनको निधनको कारण खुलिनसकेको प्रहरीले जनाएको छ । प्रहरी वृत्त महाराजगन्जले घटनाबारे अनुसन्धान सुरु गरेको छ । यद्यपी उनको मृत्यु हृदयघातका कारण भएको हुन सक्ने जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय