उर्लाबारी,२ असोज । उर्लाबारी-२ र ३ भएर बग्ने तेली खोलामा तटबन्धनको दोस्रो चरणको कार्य सुरु भएको छ । पहिलो चरणको कार्यअन्र्तगत वडा नं. २ सुनझोडा तिनघरेदेखि वडा नं. ३ को सिमाना देविझोडा सम्मको कार्य सम्पन्न गरेर अहिले दोस्रो चरणको कार्य थालनी गरेको आर. एन. एनले जनाएको छ ।
दोस्रो चरणको कार्यमा देविझोडा देखी उर्लाबारी ३ को सोल्टी तेली दोभान सम्म तटबन्धन गरीने भएको हो ।
दोस्रो चरणको तटबन्धनको आज एक कार्यक्रमका बीच उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल र उपप्रमुख मीना खतिवडा पौडेलले शिलान्यास गर्नुभयो । खोलाका दायाँ वायाँ दुवैतर्फ माटोको ड्याम, ग्याविङ बक्स र रिटर्निङ वाल निर्माण गर्ने ठेक्का रामेछाप जेभीले पाएको छ ।
आर. एन. एन जापानको सहयोगमा उर्लाबारी २ र ३ मा पर्ने खोलामा तटबन्धन कार्य अघि बढाइएको सस्थाको काम प्रति स्थानिय वासी र जनप्रतिनिधीले गुनासो गरेका छन् ।
अघिल्लो साल निर्माण गरिएको तटबन्धनलाई ठाउठाउमा सामान्य बाढीनै भत्काएको भन्दै दोस्रो चरणको तटबन्धनमा त्यस्ता कमजोरीहरुलाई सुधारेर लैजान उनिहरुले सुझाव दिएका छन् ।
वडाध्यक्ष भिष्मराज बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, वडाध्यक्ष कँडेल, स्थानिय ज्योति थापा लगाएतले मन्तव्य राख्नुभएको थियो । मनतव्यका क्रममा उहाहरुले उक्त गुनासो व्यक्त गर्नुभएको हो ।
ADVERTISEMENT